पर्वतको बितलबमा फेरि पनि देखियो सबैभन्दा विषालु सर्प ‘किङ कोब्रा’

पर्वत : विगतमा पनि राज गोमन अर्थात् ‘किङ कोब्रा’ सर्प भेटिएको पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा फेरि पनि ‘किङ कोब्रा’ देखिएको छ।वडाध्यक्ष रामचन्द्र सुवेदीका अनुसार शुक्रवार बिहान करिब आठ बजेको समयमा स्थानीय बेलप्रसाद सुवेदीको गोठमा ‘काली नाग’ का नामले समेत परिचित ‘किङ कोब्रा’ देखिएको थियो। ‘किङ कोब्रा’ नै भएको भए लोपोन्मुख प्रजातिको सर्प हुने भएकाले त्यसको उद्धार र संरक्षणको लागि पोखराबाट बोलाइएको उद्धार टोली सहित डिभिजन वन क