आईजीपी नियुक्ति प्रकरण रिटकाे सुनुवाई स्थगित

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर रिटमाथिको पेसी शुक्रबारका लागि सारिएको छ । आज (सोमबार) का लागि पेसी तोकिएको थियो । सरकार पक्षका कानुन व्यावसायी र प्रत्यासी उपस्थित नभएपछि पेसी सारिएको हो । सोमबारको पेसी सार्नका लागि सरकार पक्षले निवेदन दिएको थियो । यसअघि, आइतबारका लागि तोकिएको पेसी सरकारी बिदा परेकाले […]

सम्बन्धित सामग्री

आईजीपी नियुक्ति प्रकरण : एआईजी पोखरेलको रिट सर्वोच्चद्वारा खारेज

प्रहरी महानिरीक्षकमा आफूलाई नियुक्ति गरिपाउँ भनेर सर्वोच्च अदालतमा रिट दायर गरेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको रिट खारेज भएको छ ।

आईजीपी नियुक्ति प्रकरण अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं ।  सर्वोच्च अदालतले आईजीपी नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भन्दै वरिष्ठ एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिई कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ ।

आईजीपी नियुक्ति प्रकरण- विश्वराजको रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको सुनुवाइ बिहीबारसम्मलाई हेर्दाहेर्दैमा रोकिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सरकार पक्ष समेत बहसका लागि निवेदन लिएर आएपछि सुनुवाइ लम्बिएको हो ।