'ए’ डिभिजन लिगको उद्घाटनमा दुई ललितपुरे टोली भिड्ने

काठमाडाैं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा दुई ललितपुरे टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा ललितपुरका दुई टोली फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुने भएका हुन्।कुपन्डोलको क्लब फ्रेन्ड्स ए डिभिजनको रैथाने क्लब हो भने सातदोबाटो यसैपटक मात्र ए डिभिजनमा प्रवेश गरेको टोली हो। सातदोबाटो ‘बी’ लिगको च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको हो।कात्तिक २९