नेकपा (एमाले) को शुक्रवारबाट देशव्यापी रुपमा जिल्ला अधिवेशन हुँदैछ ।
एमालेको केन्द्रीय प्रचार विभाग प्रमुख विष्णु रिजालले ७७ वटै जिल्ला अधिवेशनहरूको उद्घाटन बिहान ११ बजे एकैसाथ हुने बताए ।
अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयको एक्सनरुमबाट एकैसाथ भर्चुअल रुपमा उद्घाटन गर्ने र सम्बोधन गर्ने रिजालले जानकारी दिए ।