कांग्रेस भागरथीको न्यायको पक्षमा छ, संयुक्त आन्दोलन हैन : नेता लेखक

बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सिंगो नेपाली कांग्रेस भागरथी भट्टको न्यायको पक्षमा रहेको बताएका छन्। कांग्रेसले आज सदरमुकामस्थित गोठलापानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै भागरथीको न्यायका लागि कांग्रेस लागिपरेको लेखकले बताए। प्रहरी अनुसन्धान प्रभावित हुने भन्दै केही दिन आन्दोलन नगर्न प्रहरीले गरेको आग्रहअनुसार आफूहरूले अहिले आन्दोलन नगरेको उनले खुलाए। 'केही दिनभित्रै भागरथीको हत्यारा पत्ता नलागे कांग्रेस जस्तोसुकै आन्दोलन गर्न तयार छ,' उनले भने, ‘