जसपा पनि सरकारमा !

जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै आएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष ठाकुर वरिष्ठ नेता महतोबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । जसपा नेता लक्ष्मणलाल कर्णका अनुसार सरकारमा सहभागी हुनेबारे छलफल भए पनि निर्णय केही निर्णय भएको छैन ।‘सरकारम

सम्बन्धित सामग्री

मधेश सरकार पाँचै वर्ष टिक्नेमा जसपा ढुक्क

काठमाडौँ । मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी (जसपा) ढुक्क देखिएको छ । स्थानीय चुनावका लागि जारी घोषणापत्रमा जसपाले आफ्नो नेतृत्व रहेको मधेश सरकार पाँचै वर्ष चल्ने निश्चित रहेको उल्लेख गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘मधेश सरकारले ४ बर्ष पूरा गरेको छ । पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको […]

मधेश सरकार पाँचै वर्ष टिक्नेमा जसपा ढुक्क

७ वैशाख, काठमाडौं । मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी (जसपा) ढुक्क देखिएको छ । स्थानीय चुनावका लागि जारी घोषणापत्रमा जसपाले आफ्नो नेतृत्व रहेको मधेश सरकार पाँचै वर्ष चल्ने निश्चित रहेको उल्लेख गरेको छ । ‘मधेश सरकारले ४ बर्ष पूरा गरेको छ । पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको हुँदा […]

सत्ता स्वार्थले जसपा एकता धरापमा

नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार

जसपा अध्यक्ष यादव भन्छन्- केही साथीले बाटो विराए

काठमाडौं। जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीका केही नेता तथा सांसदहरुले बाटो बिराएको बताएका छन्। उनले सरकार गठनका सम्वन्धमा सहभागी नभएको विषयलाई उल्लेख गर्दै भने, "कोही साथीहरुले फरक बाटो हिँडेर बाटो नै विराउनु भएको छ। त्यो बाटोले कहाँ पुर्‍याउछ, मुलुक कहाँ पुग्ने हो उहाँहरुलाई थाहा छैन।"

जसपा अध्यक्ष महन्थ बालुवाटारमा

काठमाडौँ । जसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । ओली र माधव नेपालबिच वार्ता चलिरहेको बेलै बालुवाटार छिरेका जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटारमा प्रधानमन्त्रीसँग नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्दै छन् । काँग्रेस-माओवादी गठबन्धनले वैकल्पिक सरकार गठनको दाबी नगर्ने भएपछि करिब करिब एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त […]

सरकार गठनबारे जसपा शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन

काठमाडौँ । वैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताहरूको बैठक विना निष्कर्ष टुङ्गिएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल थियो । संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेस गर्ने भोलि अन्तिम समय भएकोले त्यसैका लागि शीर्ष तहमा अनौपचारिक […]

कांग्रेस-माओवादी-जसपा गठबन्धनलाई बहुमत पुर्‍याउन यसकारण मुस्किल छ

काठमाडौं। राष्ट्रपतिले बहुमतीय सरकार गठन लागि आह्वान गरेपछि कांग्रेस-माओवादी-जसपा गठबन्धनलाई १३६ जना सांसदको समर्थन जुटाउन मुस्किल पर्ने देखिएको छ। अहिलेको अवस्थामा यो गठबन्धनमा १२४ जना सांसद छन्। जसपा अध्यक्ष महन्थ ठाकुर पक्षको समर्थन वा एमालेको माधव नेपाल पक्षको राजीनामा नआए बहुमत पुग्ने अवस्था छैन। जसपा अध्यक्ष ठाकुरले सरकार बनाउने खेलमा नलाग्ने विज्ञप्ति जारी गरेपछि कांग्रेस-माओवादी-जसपा गठबन्धनको योजना संकटमा परेको छ।

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो ।कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त अपिल जारी गर्दै ‘नेपालको संविधानको धारा ७६ (२) अनुसार सरकार गठन प्रक्रिया अघि बढाउ

जसपा अझै अनिर्णीत

प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरे पनि जनता समाजवादी पार्टी (जसपा) ले स्पष्ट धारणा बनाई नसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर तत्कालै अर्को सरकार बन्ने/नबन्ने अनिश्चित छ ।  अलमलमा रहँदै आएको कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । सत्ता समीकरणका लागि कांग्रेसजत्तिकै निर्णायक हैसियतमा रहेको अर्को विपक्षी जसपा भने अझै अनिर्णीत छ । प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे जसपा...