कञ्चनपुर । मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्याइएकी एक किशोरीको उद्धार गरिएको छ । काठमाडौंबाट नेपालगन्ज हुँदै महेन्द्रनगर पुर्याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो ।
महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ । उनलाई ललाइफकाइ...