राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्व तयारीबिना राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दा कार्यान्वयनको मोडालिटी स्पष्ट नभएको देखाएको छ । बिहीबार समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ राष्ट्रियसभामा पेस गर्दै राष्ट्रिय गौरवका आयोजना घोषणा भए पनि कार्यान्वयन गर्ने स्पष्ट मोडालिटी नहुँदा धेरै आयोजनामा समस्या रहेको बताइन् ।सभापति थापाले राष्ट्रिय […]