काठमाडौंको मेयरमा केशव स्थापितभन्दा ५ हजार ५८ मत बढीले बालेन शाहको अग्रता

जेठ ३, काठमाडौं । काठमाडौं महानगरपालिकाको मंगलवार अपरान्ह १२ बजेसम्ममा जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५ हजार ५८ मतको अग्रता लिएका छन् । शुरुरुवाती दिनदेखि नै अग्रता लिइरहेका उनले पछिल्लो मत परिणाम अनुसार १० हजार ८९९ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत पाएका छन् । तेस्रो स्थानमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनले भने ५ हजार ११४ मत प्राप्त गरेकी छन् ।