धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया : छनोट समिति नयाँ बनेसँगै प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि पुनः आवेदन खुला भएको छ । विवादास्पद बनेको यसअघिको समितिलाई सरकारले रद्द गर्दै नयाँ बनाएसँगै नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले सूचना जारी गरेर बोर्डको अध्यक्ष छनोट गर्न १५ दिनको समय दिँदै दरखास्त आह्वान गरेको हो । धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले योग्यता पुगेका इच्छुक नेपालीले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामामार्पmत आवेदन दिन सक्नेछन् । यसअघि आवेदन दिएकाहरूले पुनः आवेदन दिनुपर्नेछ । धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम योग्यता पुगेको, उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन या कानून क्षेत्रमा कम्तीमा ७ वर्षको पेशागत अनुभव प्राप्त गरेको नेपाली नागरिकले आवेदन दिन सक्ने व्यवस्था छ । यसअघि मन्त्रीस्तरीय निर्णयबाट १९ असोजमा बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । १३ मङ्सिरमा बसेको मन्त्रिपरिषद् बैठकले फेरि अर्काे समिति गठन गर्ने निर्णय गरेको थियो । त्यसपछि उक्त समिति विवादस्पद बनेको थियो । नयाँ छनोट समितिमा पनि योजना आयोगका उपाध्यक्ष पौडेल नै संयोजक छन् । मन्त्रिपरिषद्को निर्णयबमोजिम अर्थ मन्त्रालयले छनोट समिति गठनका लागि अर्थ हेर्ने सदस्यको नाम तोकी पठाउन योजना आयोगलाई पत्र लेखेको थियो । आयोगले गत आइतवार आयोगका उपाध्यक्ष पौडेलले नै अर्थ मामिला हेर्दै आएको पत्र अर्थ मन्त्रालयलाई पठाएको थियो । पौडेलको संयोजकत्व गठन गरिएको छनोट समितिका सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्यमा नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष जीवनाथ धिताल छन् । बोर्डका कार्यकारी निर्देशक नीरज गिरी र उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल राष्ट्र बैंंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्यले बोर्डको अध्यक्षका लागि आवेदन दिएका थिए । यस्तै, हेमन्त बस्याल, केशवप्रसाद श्रेष्ठ, अनिल पौडेल, रमेश हमाल, जीवन अमगाईं र अम्बिका लामिछानेले बोर्डको अध्यक्षका लागि यसअघि आवेदन दिएका थिए । नयाँ प्रक्रिया शुरू भएसँगै यसअघि बोर्डको अध्यक्ष बन्न आवेदन दिएका १२ जनाको सबैको आवेदन रद्द भएको छ । अब अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि उनीहरूले फेरि आवेदन दिनुपर्नेछ । सर्वाेत्तम सिमेन्टको शेयर खरीद प्रकरणका कारण भीष्म ढुंगाना बर्खास्त भएपछि बोर्ड नेतृत्वविहीन छ ।

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न कार्यविधि तयार

१५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि बनाएको छ । अध्यक्ष नियुक्तिका लागि आवश्यक कार्यविधि तयार पारेसँगै अध्यक्षका लागि आवदेन आह्वान गर्ने बाटो खुलेको छ । १५ दिनको समय अवधि राखेर आवेदन आह्वान गर्न सक्नेगरी कार्यविधि बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष […]

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण

काठमाडौं : नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन्। आइतवार हमालले पूँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गरेका हुन्।पदभार ग्रहण गर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताएका छन्। उनले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाए। अध्यक्ष हमालले शेयर बजारलाई स्वाच्छ र पारदर्शी रुपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्ने नियमकको भूमिका आफूले निर्वाह गर्ने बताए।गत बिह

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गर्नुभएको छ । आइतबार हमालले पूँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताउनुभएको छ । अध्यक्ष हमालले शेयर बजारलाई स्वाच्छ र पारदर्शी रुपमा विकास गराउन र […]

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण

नेपाल धितोपत्र बोर्ड (सेबन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न आग्रह गर्दै उनलाई पदभार ग्रहण गराएका हुन् ।शुक्रबार अर्थ मन्त्रालयमा शपथ गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्नसमेत आग्रह गरे । पुँजीबजारको सुधारका लागि धेरै काम गर्न बाँकी काम रहेको मन्त्री शर्माले स्मरण गराएका थिए ।उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा विवाद

२८ मंसिर, काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा विवाद देखिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा गठित समितिले छनोटसम्बन्धी काम अघि बढाइसकेपछि समितिको संयोजक को रहने भन्ने विषयमा विवाद देखिएको हो । धितोपत्र ऐन २०६३ अनुसार, राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्यको संयोजकत्वमा अर्थसचिव […]

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खारेज गर्दै नयाँ आवेदन खुलाउने तयारी

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति पक्रिया समितिलाई खारेज गर्दै नयाँ आवेदन खुला गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ । मन्त्रालयले योजना आयोगसहित बनाएको समितिमा प्रश्न उठेपछि उक्त छनोट समितिलाई नै खारेज गर्न...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी

९ मंसिर, काठमाडौं । पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी गरिएको छ । अर्थमन्त्रालयले नयाँ प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न अहिलेको प्रक्रिया रद्द गर्ने तयारी गरेको हो । बोर्ड अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गर्नुपर्ने व्यवस्था छ । आयोगको यो […]

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको लागि फेरी आवेदन खुल्ने

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि फेरी छनौट तथा सिफारिस समिति बनाउने भएको छ । यस अघि छनौट गरिएको समितिमा विवाद देखिएपछि सरकारले फेरी समिति गठन गर्ने र पुन: आवेदन आह्वान गर्ने भएको हो।धितोपत्र समबन्धि ऐनमा नेपाल सरकारले छनौट समिति बनाउने पर्ने उल्लेख गरिएको र अहिलेको समिति अर्थ मन्त्रालयले बनाएको तथा मन्त्री स्तरीय निर्णयलाई नेपाल सरकारको निर्णय भन्न नमिल्ने भन्दै समितिमा सुरु देखि नै विवाद भएको थियो । समितिले आवेदन माग गर्दा आवेदन दिएका केहि उम्मेदवारले पनि अर्थमन्त्री तथा अर्थ सचिवलाई भेटेर पछि कानुनी प्रश्न उठ्न सक्ने भन्दै नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर समिति बनाउन र फेरी आवेदन खुलाउनको लागि आग्रह गर्न गएका थिए । सोहि अनुसार अब मन्त्रिपरिषद्को बैठकले छनौट समिति बनाउने अर्थ मन्त्रालय स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार नयाँ समिति बनेपछि उक्त समितिले फेरी आवेदन आह्वान गर्ने छ । यस संगै यस अघिका आवेदन सबै खारेज हुने भएको छ । बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति बनाउनु पर्ने ऐनमा ब्यबस्था छ । यस समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने ब्यबस्था छ। यस अघि आवेदन आह्वान हुँदा १० जनाले आवेदन दिएका थिए ।

धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई हटाउने तयारी

सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर निष्कासन हुनुअगावै छोरीको नामबाट सेयर खरिद गरिएका कारण निलम्बनमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्मकुमार ढुंगानालाई सरकारले पदबाट हटाउने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष...