बजेट अभावले निर्माणाधीन सामुदायिक भवन अलपत्र

म्याग्दी– म्याग्दीमा ठूलादेखि साना विकासका योजनामा बजेट अभाव र निर्माण व्यवसायीको लापरबाहीले निर्माणाधीन योजना अलपत्र परेका छन् । बजेट विनियोजन रोकिएपछि मंगला गाउँपालिका–१मा दुई सामुदायिक भवन अलपत्र परेको छ । भर्जुलाको गोदावारी आमा समूह र थाईबाङको न्यू लालीगुराँस युवा क्लबको एकीकृत सामुदायिक भवन अलपत्र परेका हुन् । सरकारी तवरबाट बजेट विनियोजन हुन रोकिएपछि दुवै भवन […]