धमाधम उडान विस्तार गर्दै नेपाल एअरलाइन्स

काठमाण्डाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।  महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एअरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा फेरि उडान सुरु गरेको हो । नेपाल एअरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बेङ्गलाेरमा फेरि उडान गर्ने घोषणा गरिसकेको छ । निगमले आउँदाे मार्च २१ देखि बेङ्गलाेर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ ।  ...