राँझ। बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ । नयाँ वर्षको रूपमा लिइने माघीले थारू बस्तीमा रौनक बढाएको छ । थारू गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको बाँके राप्ती सोनारी गाउँपालिका–३ बैजापुर निवासी थारू अगुवा तुलसीराम थारूले बताए। ‘माघीका अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच थारू गाउँमा सुरु भएका छन्’, थारूले भने, […]
काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटे । त्यसमध्ये १५ वटा आगलागीका घटना भए । विपद्मा परेर कुल ४८ जना घाइते भए भने एक जनाको निधन भयो । विपद्का कारण कुल १० लाख १२ हजार बराबरको क्षति भयो […]
नेकपा एमालेले पार्टीको दोस्रो विधान महाधिवेशन र पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनबाट संशोधित पार्टीविधानका आधारमा पार्टी नियमावलीको मस्यौदा गर्न तीन सदस्यीय कमिटी बनाएको छ।
मुलुकको सबैभन्दा पुरानो पार्टीमध्यको एक नेपाली कांग्रेस विशेष महाधिवेशनलाई लिएर विभाजनको संघारमा पुगेका बेला त्यसलाई रोक्न दुवै पक्षका नेताहरूमाथि दबाब बढ्दै गएको छ।