ग्रिनकार्डवाहकहरू ६ महिनाभन्दा बढी समय अमेरिकाबाहिर बसेर फर्कंदा एयरपोर्टमा सोधपुछ हुनसक्ने कुरा सीबीपीले हालै अद्यावधिक गरेको जानकारीमा उल्लेख छ। सीबीपीले भनेको छ, यदि तपाईं ६ महिनाभन्दा बढी तर एक वर्षभन्दा कम समय अमेरिकाबाहिर बस्नुभएको छ भने अमेरिका फर्कने बेलामा थप सोधपुछ हुन सक्छ, तर तपाईंलाई पुन: प्रवेश अनुमतिपत्र चाहिँदैन। यदि तपाईं एक वर्षभन्दा बढी समय […]
एजेन्सी - श्रीलंकाले एसीसी टी ट्वान्टी एसिया कपमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै अपराजित रहँदै सुपर फोरमा पुगेको छ । जित्नलाई १ सय ७० रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका ओपनर कुशल मेन्डिस ५२ बलमा १० चौकासहित ७४ रनमा अविजित रहे । कामिन्दु मेन्डिस १३ बलमा २ छक्कासहित २६
अमेरिकी संघीय तथ्याङ्कअनुसार ३ हजारभन्दा बढी व्यावसायिक ट्रक चालकलाई अंग्रेजी भाषाको दक्षतासम्बन्धी संघीय नियम पालना गर्न नसकेको भन्दै सडकबाट हटाइएको छ। फेडरल मोटर क्यारियर सेफ्टी एडमिनिस्ट्रेशनको तथ्यांक अनुशार सन् २०२५ को जुनको अन्त्यदेखि अँग्रेजी नजानेका कारण सडकबाट हटाएइएका व्यावसायिक गाडी चालकहरुको संख्या ३ हजार २० नाघेको छ । उनीहरुलाई अंग्रेजी भाषाको दक्षताको नियम उल्लङ्घन गरेको […]
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडी विश्व क्याडेट चेस च्याम्पियनसिपमा सहभागी हुन बिहीवार कजाकिस्तानको अल्माटी प्रस्थान गरेका छन्। विश्व बुद्धिचाल महासङ्घ (फिडे) र कजाकिस्तान चेस फेडरेसनको संयुक्त आयोजनामा सेप्टेम्बर १९ देखि ३० सम्म हुने प्रतियोगितामा ८० भन्दा बढी देशका १ सय ७६ खेलाडी प्रतिस्पर्धा गर्नेछन्। खेल १२ वर्ष मुनिका खेलाडीबीच ११ राउण्ड स्विस प्रणाली अन्तर्गत सञ्चालन
काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुन सक्रिय रहेकाले तत्काल बर्हिगमन हुने देखिएको छैन । भारतमा औसतको तुलनामा करिब दुई दिन छिटोगरी मनसुन बर्हिगमन भइरहेको छ । नेपालमा अक्टोबर २ तारिखमा मनसुन सकिने समय हो । नेपालमा यसपाली […]