जीवन संघर्षको कथा: अन्नपूर्णको खोँचमा खसेर बाँचेका भारतीय पर्वतारोही स्वदेश फर्किए

अन्नपूर्ण हिमालको खोँच खसेको तीन दिन पछि उद्धार गरेर अस्पताल पुर्‍याइएपछि चिकित्सकहरूले करिब ४ घण्टा कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर- बन्द भएको मुटुलाई चलाउने विधी) गरेर बचाएका भारतीय पर्वतारोही अनुराग मालु करिब-करिब ठिक भएसँगै बाँकी उपचारका लागि भारत लगिएको छ ।