प्रधानमन्त्री पत्नी डा. राणा उपचारपछि स्वदेश फर्किईन्

काठमाडौं, १५ साउन । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा सफल उपचारपछि आज स्वदेश फर्किएकी छिन् । उपचारको क्रममा उनी पछिल्लो समय भारतको नयाँ दिल्लीमा थिईन् । उनको पाठेघरसम्बन्धी शल्यक्रिया भएको थियो । उनी स्वास्थ्यलाभ गरी आज स्वदेश फर्किएको भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले जानकारी दिएका छन् । […]