अरब देशका ६ करोड मानिस भोकमरीको चपेटामा

एजेन्सी । मध्यपूर्व अर्थात् अरेबियन क्षेत्रका १२ देशमा झन्डै ६ करोड जनसंख्या भोकमरीसँग लडिरहेको छ । संयुक्त राष्ट्रसंघ खाद्य कार्यक्रमको अनुमानअनुसार झन्डै ९६ करोड मानिसलाई स्वस्थ रहनका लागि जरुरी पर्याप्त भोजन मिलेको छैन । यसमध्ये झन्डै ६ करोड ४० लाख मानिस १२ वटा अरब देशमा छन् । सबैभन्दा गम्भीर समस्या युद्धग्रस्त सिरिया र यमनमा छ । यहाँ झन्डै आधा जनसंख्या भोकमरीबाट ग्रस्त छ । सिरियामा रोटी, चामल, दाल, तेल र सक्खरको मूल्य पछिल्लो वर्षको तुलनामा फेब्रुअरीमा २ सय २२ प्रतिशतले बढेको थियो । यहा