सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गर्ने भएका छन् । उनी नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको हो । राप्रपाको आज बसेको बैठकले ज्ञानेन्द्र शाहीलाई राप्रपामा समाहित गर्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार शाही ६ गते राप्रपामा समाहित हुनेछन् ।