काममा फर्किए अर्थसचिव

काठमाडौँ । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले मन्त्रालयमा अर्थसचिवको उपस्थिति भएको जानकारी गराए । ‘सन्चो नभएकाले उहाँ बुधबार बिदामा बस्नु भएको थियो, आज कार्यालय आउनुभएको छ’ प्रवक्ता निरौलाले भने । बालुवाटार स्रोतका अनुसार शर्माले राजीनामा दिइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै मरासिनीलाई काममा फर्किन आग्रह […]

सम्बन्धित सामग्री

यस्तो अर्थ सचिवको खोजीमा छन् अर्थमन्त्री शर्मा

संसदीय छानबिन समितिले बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको प्रवेश भएको देखिने कुनै प्रमाण फेला नपारेपछि जनार्दन शर्माले उन्मुक्ति पाए । त्यसलगत्तै माओवादी केन्द्रले अर्थ मन्त्रीमा जनार्दन शर्मालाई नै पठायो ।यसो त, जनार्दनलाई ‘क्लिन चिट’ दिएर अर्थमा ल्याउने चाँजोपाँजो प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले मिलाएकी थिईन् । अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले ‘दोस्रो इनिङ’ सुरु गर्नासाथ अर्थसचिव मधु मरासिनी बिदामा बसिदिए । लगत्तै उनले सरुवा मागे, अहिले उनी प्रधानमन्त्री कार्यालयमा थन्क्याईएका छन् । अर्थसचिव खोज्दै अर्थमन्त्रीमरासिनीलाई जनार्दनले नै अर्थमा ल्याएका थिए । तर, शर्मा विवादमा मुछिन थालेपछि मरासिनी बसरिहने ‘मुड’मा देखिन छोडेका थिए । अब आफूले भनेको मान्ने, आफूले अघि सारेका काममा अवरोध नगर्ने ‘एस म्यान’ अर्थसचिवको खोजीमा जनार्दन लागेका छन् ।‘आगामी मंसिर ४ गते चुनावको मिति घोषणा भएको छ, चुनाव भएर अर्को सरकार बन्दा पुस लागिहाल्छ’ स्रोत भन्छ, ‘यसकारण अझै ५ महिना शर्माले पूरै अर्थ मन्त्रालय सम्हाल्नेछन् । त्यसैले अर्थमन्त्री मात्रै होइन, बालुवाटार पनि भनेको मान्ने खालको अर्थसचिव खोजिरहेको छ ।’के काम गर्न चाहन्छन् शर्मा ?जनार्दन शर्माले मुख्यगरी प्रधानमन्त्री पत्नी आरजुसँग मिलेर ३ वटा काम तत्कालै गर्न चाहेका छन् । विवादित र आलोचित काम नै किन नहुन्, ती काम सक्नुपर्ने जिम्मेवारी बोकाएरै शर्मालाई फर्काइएको थियो ।नयाँ स्टक एक्सचेन्ज ल्याउने, नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने र हेलिकप्टर खरिदको काम आगामी मंसिरमा हुने निर्वाचन भन्दा अगाडी नै सक्ने वा कम्तीमा टेण्डर गरेर ‘कमिशन’ हत्याउने दाउमा आरजु र अर्थमन्त्री शर्मा रहेको स्रोतले बताएको छ ।मुख्यतया, यी ३ काममा कुनै अवरोध नगर्ने अर्थसचिवको खोजीमा जनार्दन शर्मा लागेका छन् । को होला यस्तो पात्र ?अब आउने अर्थसचिवको काँधमा अहिलेको संकटको सन्निकट पुगेको अर्थतन्त्रलाई सहज बनाउनुपर्ने दायित्व हुन्छ । मधु मरासिनी प्रधानमन्त्री कार्यालयमा ‘जगेडा’का रुपमा थन्किएपछि अर्थसचिवको जिम्मेवारी अहिले राजस्व सचिव कृष्णहरी पुस्करलाई नै दिईएको छ ।यद्यपी, अन्य मन्त्रालयका सचिवहरु तिर जनार्दन शर्माले नजर डुलाईरहेका छन् । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालमध्ये एक जनालाई ल्याउन पाए हुन्थ्यो भन्नेमा जनार्दन छन् । तर, अर्याल आजसम्म कुनै पनि विवादमा नमुछिएका भद्र सचिवको छवि बनाएका व्यक्ति हुनाले उनले बालुवाटार र सिंहदरबारले जबरजस्ती तेर्स्याएका शर्तहरु मान्ने अवस्था छैन ।भण्डारीले पनि विवादित र आलोचित हुने गर्नुपर्ने देखेर अर्थमा आउन खासै मन गरेका छैनन् ।यस्तो अवस्थामा राजस्वमा कसैलाई ल्याएर कृष्णहरि पुष्करलाई नै पूर्ण रुपमा अर्थ सचिवको मात्रै काम लगाउन सकिन्छ भन्नेमा जनार्दनले बालुवाटारसँग परामर्श गरिरहेको स्रोत बताउँछ । अर्थमन्त्री शर्माका ‘प्रिय पात्र’ बनिसकेका पुस्करले पनि बाहिरबाट अरु व्यक्ति ल्याउनुभन्दा आफूमार्फत नै काम गर्न जनार्दन शर्मालाई ‘ग्रिन सिग्नल’ दिईसकेका छन् । तर, जुनियर सचिव भएकाले निर्णय गर्दा ‘कमजोरी’ हुन सक्ने हो कि भन्नेमा बालुवाटार शसंकित छ ।

अर्थसचिव फेरि बिदामा

अर्थमन्त्रीमा जनार्दन शर्मा नै नियुक्ति हुने भएपछि अर्थ सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् ।जनार्दन शर्मा अर्थ मन्त्रीमा बहाल रहेसम्म अर्थमा नबस्ने भन्दै यसअघि पनि बिदामा बसेका सचिव मरासिनी जनार्दन शर्माले राजीनामा दिनु अघि पनि बिदामा बसेका थिए । तर, मरासिनी बिदाममा बसेकै दिन मन्त्री शर्माले राजीनामा दिएपछि उनी भोलिपल्ट असार २३ गतेदेखि नै काममा फर्किएका थिए ।पुनः अर्थमन्त्रीमा शर्मा नै फर्किने भएपछि सचिव मरासिनी बिदामा बसेका हुन् ।अर्थ सचिव बिदामा बसेपछि राजस्व सचिव कृष्णहरी पुस्करको नेतृत्वमा मन्त्रालयका कर्मचारीले मन्त्री शर्माको स्वागत गर्नेछन् ।

अर्थमन्त्रीको राजिनामापछि बिदा छोट्याएर काममा फर्किए अर्थसचिव मरासिनी

काठमाडौँ– अर्थमन्त्रीले राजिनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी बिदा छोट्याएर बिहीबार काममा फर्किएका छन्। बुधबार अर्थमन्त्री जनार्दन शर्माले राजनीनामा दिएपछि उनी बिदा छोट्याएर बिहीबार मन्त्रालयमा हाजिर भएका हुन्। मुख्यसचिव शंकरदास वैरागीलाई जानकारी गराएर मरासिनी बिदामा बसेका थिए। आगामी आर्थिक बर्षको लागि बजेट निर्माण प्रक्रियामा असम्बन्धित व्यक्तिलाई पनि सहभागी गराएपछि मरासिनी अर्थमन्त्रीसँग असन्तुष्ट बनेका थिए। अर्थमन्त्रालयको सिसिटीभीको […]

प्रधानमन्त्री देउवाले फोन गरेपछि काममा फर्किए अर्थसचिव मरासिनी

प्रधानमन्त्री शेरबहादुर देउवाले घर बिदामा बसेका अर्थसचिव मधुकुमार मरासिनीलाई फोन गरेर बोलाएपछि  उनी नियमित काममा फर्किएका छन् ।

काममा फर्किए अर्थसचिव मरासिनी

जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले मन्त्रालयमा सचिवको उपस्थिति भएको जानकारी गराए । ‘सञ्चो नभएकाले उहाँ बुधबार बिदामा बस्नु भएको थियो, आज कार्यालय आउनुभएको छ’ निराैलाले भने ।

अर्थसचिव मरासिनी फर्किए मन्त्रालय

२३ असार, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । बुधबार अर्थमन्त्री जनार्दन शर्माले राजनीनामा दिएपछि उनी बिदा छोट्याएर बिहीबार मन्त्रालय हाजिर भएका हुन् । मुख्यसचिव शंकरदास वैरागीलाई जानकारी गराएर मरासिनी बिदामा बसेका थिए । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएकोबारे मन्त्री शर्माले पत्रकार सम्मेलन गर्ने जानकारी पाएपछि उनी बिदामा बसेका थिए […]

अर्थमन्त्री शर्मामाथि लागेका मुख्य आरोप

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्री भएदेखि नै विवादास्पद र स्वार्थप्रेरित काम गर्दै आइरहेको अर्थ मन्त्रालयकै अधिकारीहरूको अनुभव छ । जिद्दी स्वभावका शर्माले मन्त्रालयको हितमा राम्रा र असल सुझाव दिने कुनै पनि कर्मचारीलाई टिक्न दिएनन् । आर्थिक क्षेत्रको ज्ञाताकै रूपमा छवि बनाएका र काममा पोख्त रहेका तत्कालीन अर्थसचिव शिशिरकुमार ढुंगाना उनको पहिलो तारो बन्न पुगे […]

अर्थमन्त्री शर्मामाथि के आरोप लागेको थियो ?

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्री भएदेखि नै विवादास्पद र स्वार्थप्रेरित काम गर्दै आइरहेको अर्थ मन्त्रालयकै अधिकारीहरूको अनुभव छ । जिद्दी स्वभावका शर्माले मन्त्रालयको हितमा राम्रा र असल सुझाव दिने कुनै पनि कर्मचारीलाई टिक्न दिएनन् । आर्थिक क्षेत्रको ज्ञाताकै रूपमा छवि बनाएका र काममा पोख्त रहेका तत्कालीन अर्थसचिव शिशिरकुमार ढुंगाना उनको पहिलो तारो बन्न पुगे […] The post अर्थमन्त्री शर्मामाथि के आरोप लागेको थियो ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा ध्यान दिन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिन आग्रह गरेका छन् ।नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीलाई मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री शर्माले अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न आग्रह गरेका हुन् ।आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न […]