भारतीय स्थल सेनाध्यक्ष पाण्डे काठमाडौंमा

काठमाडौं, १९ भदौ । भारतीय स्थल सेनाका अध्यक्ष मनोज पाण्डे काठमाडौं आइपुगेका छन् । नेपाली सेनाको निमन्त्रणमा औपचारिक भ्रमणका क्रममा पाण्डे आज नेपाल आइपुगेका हुन् । पाण्डेलाई मानार्थ प्रधानसेनापति उपाधि दिन नेपाली सेनाले बोलाएको हो । सोमबार सेनाले सैनिक जंगीअड्डामा गार्ड अफ अनर दिँदैछ । पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ […]