नोरा फतेहीको बंगलादेश कन्सर्ट रोकियो, डलर बचत गर्न भन्दै सरकारले दिएन अनुमति

काठमाडौं । विदेशी मुद्रा सञ्चिती गर्नुपर्ने भन्दै बंगलादेश सरकारले बलिउड अभिनेत्री नोरा फतेहीको राजधानी ढाकामा आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रममा रोक लगाएको छ । विश्वभर विदेशी मुद्रा सञ्चितीको अवस्था भयावह भएकाले त्यसलाई ख्याल गर्दै फतेहीको कार्यक्रम रोकिएको बंगलादेशी अधिकारीहरुले जनाएका छन् । त्यहाँको सांस्कृतिक मामिला मन्त्रालयले कार्यक्रम गर्न अनुमति नदिइएको भन्दै सूचना जारी गरेको छ […]