१० वाणिज्य बैंकको शेयर मूल्य २ सयभन्दा मुनि, किन घट्यो आकर्षण ?

काठमाडौं । लामो समयदेखि शेयर बजार घट्दो ट्रेण्डमा छ । अधिकांश वाणिज्य बैंकहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा छ । मर्जर तथा प्राप्तिपछि नेप्सेमा १९ वाणिज्य बैंकको शेयर कारोबार हुने गर्दछ । सूचीकृत १९ वाणिज्य बैंकमध्ये १० बैंकको शेयर मूल्य २ सयभन्दा तल छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुमारी बैंक, प्रभु बैंक, सिटिजन्स बैंक,नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक र हिमालयन बैंकको शेयर मूल्य २ सयभन्दा तल झरेको हो । यी बैंकहरूमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको शेयर मूल्य छ । बुधवार यस बैंकको शेयर मूल्य प्रतिकित्ता रू. १४९ दशमलव ६ कायम भएको हो । कुमारीपछि सस्तो शेयर मूल्य प्रभु बैंकको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १५६ छ । शेयर मूल्य कम भएकामध्ये अधिकांश मर्जरमा गएका बैंक छन् ।   मर्जरपश्चात बढेको पूँजी अनुसार व्यापार वृद्धि गर्न नसक्दा यी बैंकहरूको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकारहरू बताउँछन् । मर्जरपश्चात बनेका कम्पनीका त्रैमासिक वित्तीय विवरण हेर्दा प्रमुख सूचकहरू पनि कमजोर देखिएका छन् ।  शेयर बजारमा सूचकलाई नै उल्लेख्य रूपमा परिवर्तन गराउन सक्ने क्षमता भएका वाणिज्य बैंकहरूका शेयरमा पछिल्लो समय लगानीकर्ताको आकर्षण खासै देखिँदैन । जानकारहरूका अनुसार यसकाे एक कारण बैंकहरूको आम्दानी खस्किनु हाे । बैंकको कमाइको तुलनामा आम्दानी कम हुँदा प्रतिफल घट्दो दरमा छ ।बैंकको शेयरमा लगानीकर्ताको आकर्षण नहुनुको अर्को कारण हो– शेयर संख्या बढी भएकाले धेरैजनासँग शेयर हुनु हाे । बैंकको शेयर धेरै जनासँग भएकाले यसलाई अन्य सेक्टरको शेयरजस्तो चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था पनि छैन ।   यसो त कतिपय लगानीकर्ताले भने शेयर मूल्य तल्लो विन्दुमा आएकाले यो समयमा अल्पकालीन वा दीर्घकालीन लगानीको लागि उपयुक्त हुने बताउँछन् । गत आर्थिक वर्ष (आव)को मुनाफाबाट हालसम्म १० वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । एनएमबि बैंकले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । आठ बैंकले लाभांश घोषणा गर्न बाँकी छ । यस कारण बैंकहरूको शेयर मूल्य निकै सस्तिएकाले अहिले लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने जानकारहरू बताउँछन् ।  यी बैंकमध्ये सबैभन्दा धेरै शेयर मूल्य रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ५०६ कायम भएको छ । सबैभन्दा धेरै शेयर मूल्य भएको बैंकको सूचीमा दोस्रोमा रहेको नबिल बैंकको शेयर मूल्य रू. ५०५ छ ।  कुन बैंकको शेयर मूल्य कति ? स्रोत : नेप्से ।  

सम्बन्धित सामग्री

सर्वाधिक शेयर मूल्य रहेको युनिलिभरको शेयर मूल्य एक वर्षमा बढ्यो कि घट्यो ?

सर्वाधिक शेयर मूल्य रहेको युनिलिभरको शेयर मूल्य एक वर्षमा बढ्यो कि घट्यो ?

सर्वाधिक शेयर मूल्य रहेको युनिलिभरको शेयर मूल्य एक वर्षमा बढ्यो कि घट्यो ?

सर्वाधिक शेयर मूल्य रहेको युनिलिभरको शेयर मूल्य एक वर्षमा बढ्यो कि घट्यो ?

नेप्सेमा भारी गिरावट, एउटा बाहेक सबै कम्पनीको शेयर मूल्य घट्यो

सोमबार शेयर बजार परिसूचक नेप्से भारी अंकले घटेको छ । आज नेप्से सूचक ७७.०१ अंकले घटेर १९१५.६१ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२७ कम्पनीका ६३ लाख १३ हजार ६ सय ४१ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको शेयर कारोबार भएको छ । जस मध्ये हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ११ करोड ४ लाखको कारोबार भएको छ भने एनआईसी एसियाको ८ करोड ७१ लाख तथा अपर तामाकोशीको ८ करोड ४१ लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका एउटा बाहेक सबै कम्पनीको शेयर मूल्य घटेको छ । आज सोल्टी होटेलको शेयर मूल्य १ रुपैयाँले बढेको हो । सोल्टी बाहेक सबै कम्पनीको शेयर मूल्य घटेको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक पनि घटेका छन् । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ५.७८ प्रतिशत, फाइनान्स समुह ५.७३ तथा हादिरो समुह ५.१९ प्रतिशतले घटेको छ । आज ग्रामिण विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ भने किसान लघुवित्तको शेयर मूल्य ९.१५ प्रतिशतले घटेको छ ।

नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक शेयर खरीदविक्री ,शेयर मूल्य ८.३१ प्रतिशत घट्यो

वैशाख ९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको साढे २ घण्टा अवधिमा कारोबारमा आएका २२३ धितोपत्र मध्ये नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वाधिक धितोपत्र खरीद विक्री भएको छ । सो अवधिमा कम्पनीको रू. ७ करोड ९७ लाख बराबरको शेयर खरीद विक्री भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ४८५ दशमलव १० मा कारोबार भइरहेको छ । यो शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ३१ प्रतिशत घटेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ३१२ पुगेसँगै बधवारदेखिनै विक्री चाप बढी रहेकोले कम्पनीको शेयर मूल्य घटेको हो । यो समचार तयार पार्दा सम्म नेप्से परिसूचक २८ दशमलव ५३ अंक घटेर २ हजार २९१ दशमलव ९९बिन्दूम ाझरेको छ भने कुल रू. ७६ करोड १३ लाख बराबरको शेयर खरीद विक्री भएको छ ।

३.६६ अङ्कले घट्यो नेप्से , १०१ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज आइतबार करिब ३.६६ अङ्कले घटेर २ हजार ५ सय ४३.३९ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.१४ प्रतिशतले कम हो । उक्त दिन कारोबारमा आएकामध्ये १ सय १ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७८ वटा कम्पनीको बढेको छ । बाँकी १३ कम्पनीको शेयर […]

झिनो अंकले बढ्यो नेप्से, १२३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको घट्यो

आइतवार १०० अंकभन्दा बढीले घटेको शेयर बजारको मापक सूचक नेप्से सोमवार भने झिनो अंकले बढेको छ । आइतवार २७०० बिन्दुमा झरेको नेप्से सोमवार ०.०८ अंकले बढेको हो ।  सोमवार १२३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको मात्रै घटेको छ । सोमवार सबैभन्दा बढी कमाउनेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् ।  यसका लगानीकर्ताले ८.१३ प्रतिशतले कमाएका छन् । सोमवार सपोर्ट माइक्रोफाइनान्स, नेसनल हाइड्रोपावर कम्पनी, किसान लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपमेन्टसहितका कम्पनीको शेयर मूल्य बढेको छ । ...

महिला लघुवित्तको शेयरमा नकारात्मक सर्किट, शेयर मूल्य १० % घट्यो

वैशाख २६, काठमाडौंमा । साताको पहिलो कारोबार दिन आइतवार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार ५२७ मा कायम भएको हो । कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । त्यसोत कम्पनीको शेयर विगत ३३ दिनदेखि सकारात्मक सर्किट लाग्दै आएको थियो । आइतवार पुन : विक्रेता हावी हुँदा शेयर मूल्य घटेको देखिन्छ ।  आइतवार कम्पनीको शेयर रू.५ हजार २८१ मा खुला भएर उच्च मूल्य रू. ५ हजार ४९३ सम्म पुगेको थियो ।  यो समाचार तयार पार्दाको समय २ : ३८ बजेसम्ममा मार्केट डेप्थमा उक्त कम्पनीको शेयर विक्री आदेश २८ हजार ७१७ रहेको छ भने खरीद आदेश शून्य रहेको छ ।

महिला लघुवित्तको शेयर ८.१३ % घट्यो, शेयर मूल्य प्रतिकित्ता रू. ४६२१ मा झर्‍यो

वैशाख २६, काठमाडौंमा । साताको पहिलो कारोबार दिन आइतवार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव १३ प्रतिशत कमि आएको छ ।  यो समाचार तयार पार्दाको समय ११ : ५७ बजेसम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार ६२१ मा कायम भएको छ ।  कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । त्यसोत कम्पनीको शेयर मूल्यले विगत ३३ दिनदेखि पोजेटिभ सर्किट लगाउँदै आएको थियो । पुन : विक्रेता हावी हुँदा कम्पनीको शेयर मूल्य घटेको देखिन्छ ।  आइतवार कम्पनीको शेयर रू.५ हजार २८१ मा खुला भएर उच्च मूल्य रू. ५ हजार ४९३ सम्म पुगेको थियो ।

५ अंकले घट्यो नेप्से परिसूचक

बुधवार नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० अंकमा सीमित भएको छ । यस दिन १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँमा कारोबार भएको छ । यस दिन ९० वटा कम्पनीको शेयर मूल्य बढ्दा १०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २६ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । बुधवार रिडी हाइड्रोपावर र राइराङ हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । त्यसैगरी विशाल बजार कम्पनीको ९.९९ प्रतिशत, महिला लघुवित्तको ९.९८ प्रतिशत र सिंगटी इनर्जी कम्पनीको ९.९८ प्रतिशतले शेय...

लगातार १० दिनदेखि बढेको ज्योति लाईफ इन्स्योरेन्सको शेयर मूल्य ३.५२ % घट्यो

वैशाख १२, काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार ३ दशमलव ५२ प्रतिशतले घटेको छ ।  यो समाचार तयार पार्दाको समय १ : १७ बजेसम्मका कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७६ कायम भएको छ । दोस्रो बजारमा कारोबारमा आएदेखि लगातार १० दिनसम्म १० प्रतिशतका दरले कम्पनीको शेयर मूल्य वृद्धि हुँदै आएको थियो ।  पुन : ११ औं कारोबार दिनमा कम्पनीको शेयर खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो । आइतवार कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । उक्त अवधिसम्ममा कम्पनीको शेयर रू. २८ करोड २७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  बजार खुलेको केहि मिनटेमा कम्पनीको शेयर मूल्य रू. ९९८ पुगेको थियो  । पुन : बजार घटेसँगै विक्रेता हावी हुँदा शेयर मूल्यमा गिरावट आएको हो ।