'स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्ड्स' बिजेता उद्यमीका धारणा

अबको कार्यक्रममा सहयोग गर्नेछु उषा गिरी  अध्यक्ष, रिकिशी कम्पोष्ट प्रालि वुमन आन्त्रप्रेनर अफ द इयर यो अवार्ड पाउँदा खुशी लागेको छ । काम त पहिलेदेखि नै गर्दै आएको हुँ । तर, यसरी हौसला दिने कार्यक्रम भएको थिएन । अहिले काम गरेपछि अवार्ड पाइँदो रहेछ भन्ने पनि प्रमाणित भयो । यो अवार्ड पाएपछि मलाई व्यवसाय विस्तार गर्न पनि प्रोत्साहन मिलेको छ । अहिले जसरी सातै प्रदेशका उत्कृष्ट महिला उद्यमीहरूले अवार्ड पाउनु भयो, त्यसरी मेरो कम्पनीमार्फत पनि दिन पाए हुन्थ्यो भन्ने लागेको छ । यो कार्यक्रम मलाई एकदमै राम्रो लाग्यो । आगामी दिनमा यस कार्यक्रममा मेरो तर्फबाट पनि आवश्यक सहयोग हुनेछ ।   वातावरण दिए महिलाहरू सक्षम   डा. प्रतिभा पाण्डे संस्थापक, हेर्वेदा बोटानिकल्स इमर्जिङ वुमन आन्त्रप्रेनर अफ द इयर यो अवार्डबाट निकै उत्साहित भएकी छु । विदेशमा पाएको अवार्डले भन्दा आफ्नै भूमिमा पाएको अवार्डले अर्कै ऊर्जा दिने रहेछ । स्वदेशमा आफ्नो कामको पहिचान र मूल्यांकन गरी राम्रो छ भनेर प्रोत्साहन र अवार्ड दिँदा थप जिम्मेवारी र ऊर्जा मिलेको छ । महिलाहरूको मुख्य चुनौती भनेको फाइनान्स हो । तर, योभन्दा पनि महिलाहरूलाई औद्योगिक क्षेत्रमा काम गर्ने वातावरण बनाइदिनुपर्छ । घरदेखि लिएर काम गर्ने ठाउँसम्म राम्रो वातावरण दिए महिलाहरू आफै सक्षम हुन्छन् । यस्ता कार्यक्रमले महिलाहरूको आत्मबल बढ्छ । महिला आफैलाई मेरो कामको मूल्यांकन हुँदो रहेछ भनेर आत्मविश्वास बढ्छ भने अर्काेतर्फ अरूले हेर्दा पनि अवार्ड पाएको महिला भनेर विश्वास गर्छन् ।   उद्यमी मात्र भनेर चिनिन चाहन्छु   ज्योति शेरचन अध्यक्ष, सद्भावना हाउजिङ डेभलप प्रालि विजेता, प्रोफेशनल वुमन अफ द इयर महिला उद्यमी भनेर पुरस्कृत गर्नुभन्दा पनि एउटा व्यवसायीको रूपमा मात्र हेरेर पुरस्कृत गर्नु राम्रो कुरा हो । महिला र पुरुष सबै बराबर भएकाले म आफूलाई केवल उद्यमी मात्र भनेर चिनाउन चाहन्छु । तर जे भए पनि आफ्नो कामको मूल्यांकन भएर पुरस्कृत हुँदा खुशी त लागि नै हाल्छ । यो अवसरका लागि आयोजक टिमलाई धन्यवाद दिन चाहन्छु । सरकारले मलाई पूर्ण छात्रवृत्तिमा बेलायत पढ्न पठाएको थियो । अहिले सम्मानित हुँदा सरकारले मलाई त्यसबेला दिएको अवसरको परिणाम आज भोलि देखिँदै गरेको महसुस भएको छ । विगत ४५ वर्षदेखि अनवरत रूपमा आफ्नो पेशामा लागि परेको फल प्राप्त भएको महसुस भएको छ । काम गरेपछि पैसा त कमाइ हालिन्छ । त्यो खास ठूलो कुरा होइन । आफूले गर्दै आएको कामको मूल्यांकन अरूले गरेका छन् कि छैनन् भन्ने कुराले ठूलो अर्थ राख्दो रहेछ । पुरस्कृत हुन पाउँदा अझ बढी मेहनत गर्नुपर्छ । सबैका अगाडि अझ धेरै उदाहरणीय काम गर्नुपर्छ भन्ने ऊर्जा मिलेको छ । थप प्रेरणा मिलेको छ  इन्दिरा याकथुम्बा प्रिन्सिपल, ज्ञानोदय विद्यालय इन्स्पिरेशनल वुमन आन्त्रप्रेनर अफ द इयर  यो अवार्ड पाउँदा मलाई एकदमै खुशी लागेको छ । लामो समयदेखि म  अध्यापन क्षेत्रमै सक्रिय छु । अहिले आएर त्यसको उचित सम्मान भएको महसुस गरेकी छु । यसले मलाई यही पेशामा सक्रिय रूपमा अगाडि बढ्न प्रेरणा मिलेको छ ।             अवार्डले मनोबल बढाएको छ    सुनैना ठाकुर संस्थापक, सुनैना मिथिला आर्ट  इन्डिजिनियस वुमन आन्त्रप्रेनर अफ द इयर यो अवार्ड पाउँदा एकदम खुशी छु । किनभने, कोरोनाकाल तथा कोरोना नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण व्यवसाय गर्ने मनोबल घटिसकेको थियो । तर, यो अवार्डले व्यवसाय गर्न मनोबल बढाएको छ । यसले मलाई आफ्नो व्यवसायलाई तीव्र गतिमा अगाडि बढाउन हौसला पनि मिलेको छ । अब मेरो व्यवसायलाई अझ राम्रोसँग विकास गर्छु ।             यस्ता कार्यक्रमहरूले महिला उद्यमीहरूलाई प्रेरित गर्छ   प्रकृति मैनाली संस्थापक, शक्ति मिलन नेपाल  सोसल वुमन आन्त्रप्रेनर अफ द इयर कार्यक्रम वास्तवमै राम्रो थियो । तर, मैले महसुस गरेको यसको सबैभन्दा राम्रो पक्ष चाहिँ विविध जनजाति समूहको प्रतिनिधित्व हो । केही वर्षअघिसम्म यस्ता खालका कार्यक्रममा काठमाडौंबाट प्रतिनिधित्व भएको मैले पाएको थिएँ । यस्तो खालको कार्यक्रममा निश्चित जनजाति समूहका प्रतिनिधिहरुले आफ्नो सांस्कृतिक वेशभूषामा सहभागी हुनुपर्छ भन्ने म सोच्थेँ । आज यस हलमा मैले यो कुरा पाएको छु । उनीहरूसँग यो मञ्चमा सँगै उभिन पाउँदा म निकै गौरवान्वित भएको छु । हामीहरूले समावेशिताको कुरा गर्दै आइरहेका छौं । यो कार्यक्रमले समावेशी हुने प्रयास गरेको मैले महसुस गरेको छु । यस्ता कार्यक्रमहरूले महिला उद्यमीहरूलाई प्रेरित गर्छ । मलाई लाग्छ यस्ता कार्यक्रमहरू अन्य प्रदेशमा पनि आयोजना गरिनुपर्छ । यो कार्यक्रम आफैमा निकै राम्रो रह्यो ।     विदेश जाँदै गरेका श्रीमान्लाई रोकेर व्यवसाय शुरू गरेकी हुँ सीता राई प्रदेश १ सञ्चालक, लुमा घरेलु अल्लो कपडा उद्योग तथा तालीम केन्द्र मोरङ विजेता, इन्टरप्राइजिङ वुमन अफ द इयर गर्भवती भएको समयमा उद्योग दर्ता गरेर काम शुरू गरेकी थिएँ । त्यही बेला श्रीमान्ले बिदेश जाने सोच बनाउनु भयो । तर मैले श्रीमान्लाई विदेश जानबाट रोकेँ र आफैले व्यवसाय शुरू गरेँ । हामी नेपालीले सबै श्रम र समय विदेशी मुलुकमा खर्च गरेका छौं । त्यसैले आफ्नै देशमा श्रम गर्दै देश धनी बनाऊँ भनेर सबैलाई आग्रह गर्दछु । जिरो स्तरबाट काम गरेकी थिएँ । आज यी दिनहरू देख्न पाउँदा निकै हर्ष लाग्छ । अवार्ड पाउने दिदी बहिनीले पनि अब अझ बढी जाँगर चलाउन जरुरी छ । ९ वर्ष अघि १० लाख रुपैयाँ ऋण लिएर उद्योग स्थापना गरेकी थिएँ । आज १६ जनालाई काम दिएकी छु । सबैभन्दा ठूलो कुरा त घर परिवारको साथ नै हो ।            संघर्षको मूल्यांकन भएको महसुस गरेँ वसुमाया तामाङ बागमती प्रदेश काठमाडौं सञ्चालक, नेपाली मन उद्योग विजेता, इन्टर प्राइजिङ वुमन अफ द इयर म धेरै दुःख गरेर यहाँसम्म आइपुगेँ । कुनै दिन म अरूको कम्पनीमा जागिर खान भनेर जाँदा मैले जागिर नपाएर धेरै भौतारिनु परेको थियो । तर पछि टिमुरको छोप बनाउन थालेपछि आज यही कुरा ब्राण्ड बन्ला भनेर सोचेकी थिइन् । मेरो यही दुःख र संघर्षको मूल्यांकन भएको महसुस गरेकी छु । अब म पनि सफल भएकी हुँ कि भन्ने सोच्न थालेकी छु । टिमुरको छोपलाई ब्राण्ड बनाउन शुरू मैले नै गरेकी हुँ । अहिले विस्तारै माछा, मासु र अन्य तरकारीको अचार पनि बनाउने गरेकी छु । मैले उत्पादन गरेका वस्तुहरू ३० प्रतिशत काठमाडौंमा र बाँकी ७० प्रतिशत अमेरिका, हङकङ, कोरिया र जापान निर्यात हुने गरेको छ ।         कृषक पनि सम्मानित हुन सक्छन् भन्ने उदाहरण बनेकी छु समीक्षा शर्मा गण्डकी प्रदेश, पर्वत सञ्चालक, पर्वत कृषि उद्यान केन्द्र कुश्मा विजेता, इन्टरप्राइजिङ वुमन अफ द इयर माटोसँग खेल्न मन पर्ने भएकाले यो काम शुरू गरेकी थिएँ । कृषिको काम गर्ने मान्छेलाई समाजमा अरू मान्छेले पनि होच्याएको महसुस हुन्थ्यो । तर अहिले एउटा कृषक पनि सम्मानित हुन सक्छ भन्ने उदाहरण बनेकी छु । त्यसैले म एकदमै धेरै खुशी छु । आयोजकले दिएको यो अवसरप्रति निकै धेरै आभारी छु । महिलाले पनि धेरै राम्रो काम गर्न सक्छन् भनेर सबैका अगाडि महिलालाई चिनाउने गरी हामी महिला उद्यमीलाई सम्मानित गर्ने काम निकै प्रशंसनीय छ । न्यू बिजनेश एज तथा आर्थिक अभियानबाट अरूले पनि सिकेर महिला उद्यमीलाई प्रोत्साहन गर्ने काम गर्नुपर्दछ भन्ने लागेको छ ।       महिला उद्यमीहरूको सम्पर्क बढाउँछ     निरु चौधरी लुम्बिनी प्रदेश  सञ्चालक, पञ्चशील हस्तकला केन्द्र विजेता, इन्टरप्राइजिङ वुमन अफ द इयर यो अवार्ड पाउँदा म निकै खुशी छु । यस्ता अवार्ड कार्यक्रमले महिला उद्यमशीलता विकासमा ठूलो भूमिका निर्वाह गरेको मैले महसुस गरेको छु । हामीले धेरै महिला उद्यमीलाई चिन्न सक्यौं । उनीहरूबाट पनि हामी धेरै कुरा सिक्न सक्छौं । हाम्रो सञ्जाल पनि बढ्न सक्छ । बजारीकरण र उद्यमशीलताबारे थप कुरा बुभ्mन हामीलाई मद्दत गर्न सरकारले पनि यस्तो खालको कार्यक्रम र तालीमको आयोजना गर्नुपर्छ । म यस्तो खालको कार्यक्रममा कहिले पनि नगएको महिलाले तालीम र कार्यक्रममार्फत सिक्न, पहुँच बढाउन र व्यवसाय वृद्धि गर्न सक्छौं । समग्रमा कार्यक्रम निकै प्रेरणादायी थियो । यस्ता थप कार्यक्रम हुन्छ भन्ने मैले आशा गरेको छु ।       महिला उद्यमीका लागि प्रेरणादायी कृष्णाकुमारी वंशी  कर्णाली प्रदेश सदस्य, लगनशील कोसेली टेक्सटाइल उद्योग विजेता, इन्टरप्राइजिङ वुमन अफ द इयर न्यू बिजनेश एजले सातै प्रदेशका महिलालाई यो अवार्ड प्रदान गरेकोमा म निकै खुशी छु । यस्ता अवार्डले दुर्गम भेगका महिलालाई उद्यमशील बन्न र समाजका अन्य महिलाका लागि रोजगारी सृजना गर्न प्रेरित गर्न सक्छ । यो अवार्ड पाएपछि मैले त्यति लामो समयदेखि गरिरहेको कामको अहिले मूल्यांकन भएछ भन्ने महसुस भएको छ । यो अवार्डले मलाई प्रेरित गरेको छ । साथै शीप विकासमार्फत थप महिलालाई स्वरोजगार बनाउन प्रतिबद्ध छु । यस्ता कार्यक्रमले महिला उद्यमीलाई राम्रोसँग काम गर्न प्रेरित गर्छन् । त्यसैले निरन्तरता पाउनुपर्छ । सरकारले महिलाका लागि धितोरहित कर्जामा तोकेको सीमा हटाउने हो भने यसले महिलालाई थप प्रेरणा दिन सक्छ ।        देशकै लागि काम गर्न उत्साहित छु   धनदेवी चोखाल सुदूरपश्चिम प्रदेश सञ्चालक, केशवमाधव कृषि फार्म प्रा.लि. विजेता, इन्टरप्राइजिङ वुमन अफ द इयर  समग्रमा कार्यक्रम निकै राम्रो रह्यो । यो अवार्डले म र मेरो परिवारलाई मात्रै नभएर देशभरका मानिसलाई प्रेरित गरेको छ । यो अवार्ड पाएपछि मैले सुदूरपश्चिमका महिलाका लागि काम गर्नुपर्छ र उपयुक्त वातावरण सृजना गर्नुपर्छ भन्ने जिम्मेवारी महसुस गरेको छु । सरकारले कैयौं नीति र योजनाहरू ल्याइरहेको भए पनि कार्यान्वयनको पाटो फितलो छ । यो भाषणमा मात्रै सीमित छ । महिला होटल उद्यमी भएर अहिलेसम्म मैले बैंक र वित्तीय संस्थाहरूबाट कुनै पनि मद्दत पाइनँ । कार्यक्रमका वक्ताहरूको कुरा सुनेपछि हाम्रा लागि उपयुक्त वातावरण बन्छ भन्नेमा म आशावादी छु ।         सफल भएको महसुस गरेकी छु   यशोदा गजुरेल मधेश प्रदेश सञ्चालक, यशोदा ब्याग तथा रेडिमेट उद्योग पर्सा विजेता, इन्टरप्राइजिङ वुमन अफ द इयर आज बल्ल सफल भएको महसुस गरेको छु । काम शुरू गर्दा कुनै दिन पुरस्कार नै जित्छु भनेर सोचेको पनि थिइन् । आफ्नो घरपरिवार चलाउन काम गर्दै आएकी थिएँ । तर आज राष्ट्रिय स्तरको मिडियाले मेरो कामको मूल्यांकन गरिदिएकोमा न्यू बिजनेश एज तथा आर्थिक अभियान परिवारलाई धन्यवाद व्यक्त गर्दछु । ३ लाख रुपैयाँको लगानीमा काम गर्न शुरू गरेको ४ वर्षमै मेरो उद्योगले यो स्तरसम्मको सफलता पाउनुमा म एक्लैको मात्रै मेहनत छैन । मसँगै मेरो उद्योगमा काम गर्ने १५ जना सबै कर्मचारीको पनि सफलताको रूपमा मैले यसलाई बुझेकी छु । शुरूमा मेरो श्रीमान्ले पनि एउटा ब्याग उद्योग सञ्चालन गरिरहनुभएको थियो । त्यहीँबाट मैले सबै काम सिकेर पछि उद्योग दर्ता गरेर काम शुरू गरेकी थिएँ । मेरी सासु आमा र श्रीमान्को सहयोगका कारण नै म आज यो स्थानसम्म आइपुगेकी हुँ । अहिले मेरो काम देखेर अहिले सबै जना खुशी छन् ।  

सम्बन्धित सामग्री

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई पाँचौं पटक ‘थ्रि ए’ रेटिङ

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौं पटक ‘थ्रि ए’ रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले गरेको मूल्यांकनमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले उक्त रेटिङ पाएको हो । रेटिङका विषयमा इक्राले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, नियमन लगायतलाई मूल्यांकनको आधार बनाएको बताएको छ । रेटिङले सन् २०२४ को मध्य जनवरीसम्मको बैंकको निष्क्रिय कर्जा १ दशमलव ६० प्रतिशत रहेको देखाएको छ, जब कि यसमा अन्य वाणिज्य बैंककोे औसत अनुपात ३ दशमलव ६३ प्रतिशत रहेको बताइएको छ । गतवर्षको यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ७२ प्रतिशत मूल्यांकन गरिएको थियो । साथै व्यवस्थापन, निरीक्षण क्षमता, कम लागत निक्षेपको तुलनामा रूपमा उच्च शेयर मूल्य, विश्वव्यापी ब्राण्ड प्रतिष्ठा र कोषको प्रतिस्पर्धी लागतको आधारमा रेटिङ गरिएको इक्राको दाबी छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले लगातार पाँच वर्षसम्म ‘थ्रि ए’ रेटिङ पाउनुले ग्राहक र सरोकारवालाप्रतिको बैंकको प्रतिबद्धता बलियो रहेको प्रमाण भएको बताए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई पाँचौं पटक ‘थ्रि ए’ रेटिङ

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौं पटक ‘थ्रि ए’ रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले गरेको मूल्यांकनमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले उक्त रेटिङ पाएको हो । रेटिङका विषयमा इक्राले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, नियमन लगायतलाई मूल्यांकनको आधार बनाएको बताएको छ । रेटिङले सन् २०२४ को मध्य जनवरीसम्मको बैंकको निष्क्रिय कर्जा १ दशमलव ६० प्रतिशत रहेको देखाएको छ, जब कि यसमा अन्य वाणिज्य बैंककोे औसत अनुपात ३ दशमलव ६३ प्रतिशत रहेको बताइएको छ । गतवर्षको यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ७२ प्रतिशत मूल्यांकन गरिएको थियो । साथै व्यवस्थापन, निरीक्षण क्षमता, कम लागत निक्षेपको तुलनामा रूपमा उच्च शेयर मूल्य, विश्वव्यापी ब्राण्ड प्रतिष्ठा र कोषको प्रतिस्पर्धी लागतको आधारमा रेटिङ गरिएको इक्राको दाबी छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले लगातार पाँच वर्षसम्म ‘थ्रि ए’ रेटिङ पाउनुले ग्राहक र सरोकारवालाप्रतिको बैंकको प्रतिबद्धता बलियो रहेको प्रमाण भएको बताए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोग

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपालमा पिछडिएका युवतीको व्यक्तिगत र व्यावसायिक वृद्धिका लागि आवश्यक सीप र अवसर प्रदान गर्ने उद्देश्यले स्ट्याण्डर्ड चार्टर्ड बैंकले सिक्वल फाउन्डेसनको ‘सिल्पः सेपिङ दि फ्युचर प्रोजेक्ट’लाई उक्त आर्थिक सहयोग प्रदान गरेको हो । सिल्प प्रोजेक्ट बागमती र कोशी प्रदेशका विद्यालय वा […]

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा करेस्पोण्डेन्ट बैंकिङ्ग एकेडेमी संचालन

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले काठमाडौंमा करेस्पोण्डेन्ट बैंकिङ्ग (सिबि) एकेडेमी संचालन गरेको छ । कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले गरेका थिए । मिश्रले करेस्पोण्डेन्ट बैंकिङ्ग एकेडेमी मार्फत आफ्नो विश्वव्यापी सम्बन्ध र अनुभवको बारेमा नेपालका बैंकिङ्ग उद्योगलाई जानकारी प्रदान गरेकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई धन्यवाद ज्ञापन गरेका थिए । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सिसिआइबि, क्लाइन्ट कभरेज, एशियाका क्षेत्रीय सहप्रमुख हेइडी तोरिबायोले ए

स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपालबीच सम्झौता

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र युनिलिभर नेपालबीच सम्झौता भएको छ ।सम्झौतासँगै युनिलिभरका वितरकलाई बैंकले आपूर्ति आवद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने भएको छ । यस कार्यक्रमको माध्यमबाट युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृति प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानको लाभ लिन सक्नेछन् ।बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगी […]

स्ट्याण्डर्ड चार्टर्ड र युनिलिभर नेपाल सम्झौता

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र युनिलिभर नेपालबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार युनिलिभर नेपालद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्नेछन् । बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई पर्याप्त वित्तीय श्रोत उपलब्ध गराउने हेतूले निर्माण गरिएको बैंकले जारी गरे

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा नक्सालमा

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले काठमाडौंको नारायण चौर, नक्सालमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई १३ प्रतिशत लाभांश दिने

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लगानीकर्तालाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त

काठमाडौँ / स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ४१२ औं बैठकले बैंकमा रिक्त रहेको कम्पनी सचिव

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा भण्डारी

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले कम्पनी सचिवमा गोपीकृष्ण भण्डारीलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको ४१०औं बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै, भण्डारीले वैशाख १७ गतेदेखि पदबहाली गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।