एमसीसी अनुमोदन गराउन प्रचण्ड लचक

काठमाडौं, १४ फागुन । एमसीसी अनुमोदन गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लचिलो भएका छन् । उनले सदनबाट एमसीसी अनुमोदन गराउन लचकता देखाउन थालेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार प्रचण्डले १३ फागुनमा बामदेव गौतमसँगको भेटमा एमसीसीलाई निकास दिएर गठबन्धन जोगाउने उपायबारे छलफल गरेका छन् । एमसीसीमा सकेसम्म संशोधन गर्न लगाउने नभए देशहितविरुद्ध […]

सम्बन्धित सामग्री

पार्टीले एमसीसी अनुमोदन नगरे राजीनामा दिन्छु : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पार्टीबाट अनुमोदन नभए अध्यक्ष पदबाट राजीनामा दिने उद्घोष गरेका छन्। प्रदेश १ को पार्टी प्रशिक्षण कार्यक्रममा विराटनगर पुगेका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले एमसीसी अनुमोदन हुन नसके आफू पदमा बसि नरहने बताएका हुन्। नेता नारायणकाजी श्रेष्ठ र राम कार्कीलाई राखेर प्रचण्डले यस्तो बताएका हुन्।  पार्टीको निर्णय विपरित अध्यक्ष प्रचण्डले एमसीसी सम्झौत

एमसीसी अनुमोदन भित्रका दृश्य अदृश्य परिघटनाहरु !

नेताहरुबीच लामो रस्साकस्सी, माथापच्ची, आरोह–अवरोह र वादविवादकाबीच मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको छ ।सत्ता गठबन्धन छोड्नै नसक्ने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको बाध्यतामा व्याख्यात्मक घोषणाको सहमति झुण्ड्याएर प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गराउन सफल भएका हुन् । व्याख्यात्मक घोषणा लाज ढाक्ने पारदर्शी टालो मात्रै हो भन्ने आलोचना सहेरै पनि प्रचण्ड र नेपाल गठबन्धन जोगिएकोमा दङ्ग छन् ।एमालेसँग मिलेर भए पनि एमसीसीमा जोखिम मोल्न तयार भएका देउवा माओवादी र समाजवादीलाई झुकाए...

प्रचण्ड फेरि ‘घेराबन्दीमा’

काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि घेराबन्दीमा परेका छन् । उनी पार्टीभित्रै एमसीसी विरोधी नेताहरुबाट चुनौती झेल्न थालेका छन् । सत्ता गठबन्धनमा पनि नेपाली काँग्रेसले चुनावमा गठबन्धन नगर्ने सम्भावनाले प्रचण्ड अप्ठ्यारोमा परेका छन् । एमसीसी अनुमोदन गरेपछि चीन पनि प्रचण्डसँग सशंकित छ । यसरी उनी जताततैबाट अप्ठ्यारोमा परेका छन् […]

संविधान डिरेल हुने अवस्था आएपछि एमसीसी अनुमोदनमा सहमति जनाएँ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टीले एमसीसी अनुमोदन गर्न नहुने नबताएको जानकारी दिएका छन् । खुमलटारस्थित आफ्नै निजी निवासमा सोमबार अपरान्ह पत्रकार भेटघाट कार्यक्रम राखेर प्रचण्डले राष्ट्रिय सहमतिमा मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको जानकारी दिए । तर, एमाले अध्यक्ष केपी ओलीले आफ्नो पुरानै अडान लिइरहँदा राष्ट्रिय सहमति कायम नभएको उनको […] The post संविधान डिरेल हुने अवस्था आएपछि एमसीसी अनुमोदनमा सहमति जनाएँ : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

शंकर पोखरेलको प्रश्न : प्रचण्ड र माधव नेपालसँग भएकाहरूले सोच्ने बेला भएन र ?

१५ फागुन, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अवसरवादीको संज्ञा दिएका छन् । माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि महासचिव पोखरेलले सामाजिक संजालमार्फत यस्तो टिप्पणी गरेका हुन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालमा प्रचण्ड र माधव […]

एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना(एमसीसी)मा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार(आज) बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरूको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको एक नेताले बताए । प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

प्रचण्ड ‘यु टर्न’ हुँदै एमसीसी अनुमोदन गर्न तयार

काठमाडौं, १४ फागुन । सत्ता गठबन्धन टुट्न नदिने र एमसीसी पनि अनुमोदन गर्ने पक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पुगेका छन् । दुई नेताबीचको छलफलपछि प्रचण्डले एमसीसी सहमतिको बाटोबाट अगाडि बढ्ने र गठबन्धन पनि नटुट्ने बताएका छन् । प्रचण्डले पत्रकारको प्रश्नमा भने, ‘गठबन्धन टुट्दैन । एमसीसी पनि […]

देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति

सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन् ।प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसद्मा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढा

यथास्थितिमा एमसीसी संसद्‍बाट अनुमोदन हुँदैन : प्रचण्ड

सत्ता गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन नहुने बताएका छन् ।  राष्ट्रियतामाथि प्रश्न उठ्ने विषयमा माओवादीले सम्झौता नगर्ने उनले दाबी गरे । मंगलवार वाईसिएलको बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले यथास्थितिमा एमसीसी अनुमोदन हुने सम्भावना नरहेको बताएका हुन् । सरकारले बुधवारदेखि शुरू हुने संसद्को अधिवेशनबाट एमसीसी पारित गराउने तयारी गरेको छ ।  ‘एमसीसीका कतिपय प्रावधानको विषयमा यसअघि नै असहमति राखिएको ह...