पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अर्को ठूलो झट्का - NepaliPatra

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचारको नयाँ मुद्दामा फसेका छन् । यस्तो अवस्थामा उनलाई जेलबाट छिट्टै निस्कन गाह्रो हुने भएको छ । तोशाखान भ्रष्टाचार मुद्दामा इमरान खान यसअघि नै जेलमा छन् । पाकिस्तानमा आगामी फेब्रुअरीमा आम निर्वाचन हुँदैछ । यस्तो बेला इमरानविरुद्ध नयाँ मुद्दा दायर गर्नु उनका लागि ठूलो झट्का भन्दा कम नभएको मिडिया […]

सम्बन्धित सामग्री

रुसकाे सैन्य विमान खसालेको युक्रेनकाे दाबी, मस्काे भन्छ– हामीलाई थाहा छैन

युक्रेनको सेनाले आजोभ सागरमा रुसी जासुसी सैन्य विमान खसालेको दाबी गरेकाे छ । विज्ञहरू यसलाई रुसको वायु शक्तिका लागि ठूलो झट्का मानिरहेका छन् ।

अदानी समूहलाई दोस्रो ठूलो झट्का, १५ दिनमा दोस्रो सम्झौता असफल

काठमाडौं । भारतीय व्यापारी गौतम अदानीको व्यापारिक समूह अदानी समूहलाई अर्को ठूलो झट्का लागेको छ । बुधवार ऊर्जा क्षेत्रको कम्पनी डीबी पावरलाई ७ हजार १७ करोड रुपैयाँमा खरिद गर्ने उसको प्रयास असफल भएको छ ।  अंग्रेजी पत्रिका टाइम्स अफ इन्डियामा प्रकाशित समाचारका अनुसार अदानी समूहको कम्पनी अदानी पावरले गत वर्ष अगस्ट १८ मा यो कम्पनी खरीदसँग सम्बन्धित कागजातमा हस्ताक्षर गरेको थियो । अदानी र डीबी पावर बीचको सम्झौता सेप्टेम्बर २९ मा भारतीय प्रतिस्पर्धा नियामकले अनुमोदन गरेको थियो र अदानी समूहले गएको वर्ष अक्टोबर ३१ सम्म पैसा तिर्नुपर्ने थियो । भुक्तानीको म्याद चार पटक थपियो । अन्तिम म्याद फेब्रुअरी १५ अर्थात् हिजोसम्म थियो । तर, बुधवार समेत सो भुक्तानी हुन नसकेपछि सम्झौता तुहिएको छ । अदानी समूहले सम्झौता पूरा नभएको जानकारी स्टक एक्सचेन्जलाई दिएको छ । डीबी पावरसँग छत्तीसगढको जांजगिर चापामा १ हजार २०० मेवाको कोइलाबाट चल्ने ऊर्जा केन्द्र थियो । डीबी पावर किन्न नपाउनु अदानी समूहका लागि ठूलो धक्का हो । कम्पनी किन्न सकेको भए भारतीय ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो निजी थर्मल पावर उत्पादकको रूपमा अदानी पावर बलियो बन्ने थियो ।  ऊर्जा क्षेत्रमा यो अदानी समूहको दोस्रो ठूलो डिल थियो । सन् २०२१ मा समूहले एसबी इनर्जी इन्डियालाई २ खर्ब ६० अर्ब भारतीय रुपयामा किनेको थियो । यसले कर्जै कर्जामा चुर्लुम्म डुबेको अदानी समूहले वित्तीय व्यवस्थापन गर्न नसकेको अवस्थामा पुगेको संकेत गरेको छ ।  अदानी पावरसँग भारतका पाँच राज्यमा कुल १३ दशमलव ६ गिगावाट क्षमताका थर्मल पावर प्लान्ट र ४० मेगावाटको सोलार प्लान्ट छन् ।  तर, यो कम्पनीको ऋण २०२२ को सेप्टेम्बर ३० सम्म ३ खर्ब ६० अर्ब ३१ करोड रुपया छ ।  अमेरिकी शर्ट सेलिङ कम्पनी हिन्डनबर्ग रिसर्चका प्रतिवेदन सार्वजनिक भएपछि अदानी समूहले असफलता हात पारेको यो दोस्रो पटक हो । यसअघि समूहले २ खर्ब रुपयाको एफपीओ फिर्ता गर्नु परेको थियो । कम्पनी विस्तारै आफ्नो बिग्रिएको आर्थिक अवस्था सम्हाल्ने प्रयासमा छ । तर, लगानीकर्तातर्फका चुनौती पनि मत्थर हुने कुनै संकेत छैन ।  ब्लुमबर्गमा छापिएको समाचार अनुसार अदानी समूहले निश्चित आयका लगानीकर्ताहरूसँग कुराकानी गर्न बैंकहरूलाई नियुक्त गरेको छ । यसमा बार्कलेज बैंक, बीएनपी परिवास एसए, डीबीएस बैंक, डच बैंक एजी, एमिरेट्स एनबीडी क्यापिटल, आईएनजी ग्रुप एनभी, एमयूएफजी, मिजुहो, एसएमबीसी निक्को र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन् । कुराकानीका क्रममा यी बैंकले लगानीकर्ताहरूका के-कस्ता शंका र जिज्ञासा समाधान गर्छन् भन्ने स्पष्ट भएको छैन ।  अदानी समूहमा विश्वका थोरैमा पनि २०० वित्तीय संस्थाले लगानी गरेका छन् । यस समूहसँग विश्वको सबैभन्दा ठूलो सम्पत्ति प्रबन्धक ब्ल्याक रक पनि छ । ब्ल्याकरकले डलरमा आधारित ऋणपत्रमार्फत ८ अर्ब डलर लगानी गरेको छ । एजेन्सी

मस्कको बयानपछि टेस्लालाई ठूलो झट्का

इलेक्ट्रिक कार कम्पनी टेस्लाको सेयरमा तीव्र गिरावट आएको छ । कम्पनीका सीईओ इलोन मस्कले कर्मचारीको सङ्ख्या १० प्रतिशतले कटौती गर्न र नयाँ भर्ना रोक्न चाहेको बताएपछि अमेरिकी स्टक एक्सचेन्जमा टेस्लालाई यो झट्का लागेको हो । क्रबार मस्कले कम्पनीलाई पठाएको एउटा इमेलमा उनले अर्थव्यवस्थाको बारेमा ‘नराम्रो भावना’ आइरहेको छ र त्यसैले कर्मचारी १०५ घटाउन चाहेको बताएका […]

मस्कको बयानपछि टेस्लालाई ठूलो झट्का

इलेक्ट्रिक कार कम्पनी टेस्लाको सेयरमा तीव्र गिरावट आएको छ । कम्पनीका सीईओ इलोन मस्कले कर्मचारीको सङ्ख्या १० प्रतिशतले कटौती गर्न र नयाँ भर्ना रोक्न चाहेको बताएपछि अमेरिकी स्टक एक्सचेन्जमा टेस्लालाई यो झट्का लागेको हो ।शुक्रबार मस्कले कम्पनीलाई पठाएको एउटा इमेलमा उनले अर्थव्यवस्थाको बारेमा "नराम्रो भावना" आइरहेको छ र त्यसैले कर्मचारी १०% घटाउन चाहेको बताएका थिए । यसअघि मे महिनामा अमेरिकी श्रम विभागले करिब चार लाख नयाँ रोजगारीको तथ्याङ्क सार्वजनिक गरेको थियो । तर अमेरिकामा मुद्

आर्थिक स्वतन्त्रताविरुद्ध राजनीतिक स्वतन्त्रता

विश्वको आपूर्ति शृंखलाले फेरि धक्का खाएको छ। युक्रेनमाथि रुसले गरेको आक्रमणपछि सन् १९७३ यताको सबैभन्दा ठूलो व्यापारिक बस्तु (कमोडिटी) आपूर्तिमा झट्का लागेको छ भने गहुँको आपूर्तिमा शताब्दीकै सबैभन्दा ठूलो अवरोध सिर्जना भएको छ।...

एलन मस्कलाई झट्का, स्टारलिंकका भारतीय प्रमुखले दिए राजीनामा

२२ पुस, काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई भारतमा ठूलो झट्का लागेको छ । मस्कको स्याटेलाइट इन्टरनेट कम्पनी स्टार लिंकका भारतीय प्रमुख सञ्जय भार्गभले पदबाट राजीनामा दिएका छन् । केही महिना अघि उक्त जिम्मेवारी सम्हालेका भर्गाभाले अचानक कम्पनीबाट राजीनामा दिएका हुन् । भारतमा स्टारलिंकको लाइसेन्स सम्बन्धी विवादका कारण उनले राजीनामा दिएको बताइएको छ […]

११ वर्षपछि हाइटीमा ठूलो भूकम्प, सुनामी जान सक्ने चेतावनी

हाइटीको पश्चिमी क्षेत्रमा शनिवार ठूलो भूकम्प गएको छ। सो भूकम्पको झट्का पूरै क्यारेबियन क्षेत्रमा महसुस गरिएको रोयटर्सले उल्लेख गरेको छ। सो क्षेत्रका मानिसहरु ज्यान जोगाउन घर छोडेर सुरक्षित स्थानमा गएका छन्। भूकम्प गएसँगै सुनामीको पनि चेतावनी दिइएको छ। यूएस जियोलोजिकल सर्भेका अनुसार ७ दशमलव २ म्याग्निच्युड मापन गरिएको सो भूकम्पको…

इंग्ल्यान्डसँग खेल्नुअघि भारतलाई अर्को झट्का

एजेन्सी – इंग्ल्यान्डविरुद्ध पाँच टेस्ट सिरिज अन्तर्गत पहिलो खेल खेल्नुअघि भारतीय क्रिकेट टिमलाई ठूलो झट्का लागेको छ । ओपनर मयंक अग्रवालले बुधबारबाट नोटिङ्घममा सुरु हुने पहिलो टेस्ट गुमाउने भएका छन् । ब्याटिङ सेसनको क्रममा उनको हेल्मेटले बलले लागेपछि पहिलो टेस्ट गुमाउने भएका हुन् । अग्रवालमा ककन्सन (होस हराउन) भएपछि पहिलो टेस्ट गुमाउने भएका हुन् । […]

नेपालजस्ता देशलाई झट्का, भारतले अक्टोबरसम्म खोप निर्यात नगर्ने

काठमाडौं।भारतबाट ठूलो मात्रामा कोरोना खोप ल्याउने योजना बनाइरहेको नेपाललाई ठूलो झट्का लागेको छ।भारतले कोरोना खोप आगामी अक्टुबरसम्म कुनै पनि देशलाई ठूलो मात्रामा निर्यात नगर्ने निर्णय गरेको भारतीय मिडियाहरुले जनाएका छन्।भारतको निर्णयले सबैभन्दा ठूलो प्रभाव नेपाल, बंगलादेश, श्रीलंका र अफ्रिकी देशलाई पर्नेछ।किनकि यी देशले सबैभन्दा बढी खोपको अर्डर भारतीय कम्पनीसँग गरेका थिए। भारतले हालसम्म ६.६ करोड खोप निर्यात गरेको छ।

उत्तर प्रदेशकाे पञ्चायत चुनावमा भारतीय जनता पार्टीलाई ठूलो झट्का

काठमाण्डाै – भारतको उत्तर प्रदेशका केही जिल्लामा भएको पञ्चायत चुनावमा नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई ठूलो झट्का लागेको छ । हिन्दु एजेन्डामार्फत राजनीति गरिरहेको मोदीको दल र त्यसमाथि मुख्यमन्त्री योगी आदित्यनाथको प्रदेशमा भाजपाको हारलाई निकै महत्वका साथ हेरिएको छ । इण्डियन एक्सप्रेसका अनुसार अयोध्या, काँसी र मथुरामा भाजपाले ठूलो हार बेहोरेको छ । अयोध्याका ४० जिल्ला पञ्चायत सिटमध्ये भाजपाले जम्मा ८ सिटमा मात्रै जित हात पारेको छ । विपक्षी समाजवादी दलले २२ सिटमा जितेको छ । वाराणसीमा पनि ४० सि...