काँग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना सुरु भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० : ३० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले रातोपाटीलाई जानकारी दिए ।काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना भइसकेको छ ।

सम्बन्धित सामग्री

काँग्रेस महाधिशवेन : केन्द्रीय सदस्यको मतगणना हुँदै

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना शुक्रबार सम्पन्न भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अब केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आजदेखि सुरु हुनेछ । बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । काँग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा

काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना शनिबार हुने

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना शनिबारदेखि सुरु हुने भएको छ । बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । प्रत्येक उम्मेदवारले मतगणनामा आफू वा आफ्नो एकजना प्रतिनिधि गणनामा उपस्थित गराउनुपर्ने निर्वाचन समितिले जनाएको छ । उक्त पार्टीमा  ३५ जना निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् ।जसमा शशांक कोइराला, अर्जुन नरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, रामशरण महत, रमेश लेखक, बालकृष्ण खाँण, गोपालमान श्रेष्ठ, एनपी सा