१० दिन सुरुङभित्र बिताएका कविर महर्जन अस्पतालबाट घर फर्किए

रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा बाढीपछि १० दिनसम्म फसेका कविर महर्जन शुक्रबार अस्पतालबाट घर फर्किएका छन्। गत भदौ १० गते आएको बाढीपछि आयोजनाको सुरुङमा फसेका महर्जनलाई १० दिनपछि जीवितै उद्धार गरिएको थियो। आयोजनामा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत महर्जनलाई उद्धारपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। लामो समयसम्म सुरुङभित्र रहँदा परेको शारीरिक तथा मानसिक […]