अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिदै

काठमाडौं : अभिनेत्री केकी अधिकारी बिहीबार विवाह बन्धनमा बाँधिदै छिन्। उनले प्रेमी रोहित तिवारीसँग विवाह गर्न लागेकी हुन्। पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा विवाह गर्न  लागेको उनले बताएकी छिन्। उनले बुधबार मेहन्दी उत्सव गरेकी थिइन्।रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। केकी र रोहित एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर प्रेम सम्बन्धलाई उनीहरूले सार्वजनिक गरेका थिएनन्।

सम्बन्धित सामग्री

लगनगाँठो कस्दै केकी

नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिदै छन् । बिहीबार अधिकारीले रोहित तिवारीसँग लगनगाँठो कस्ने बताइएको छ । रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।केकीले आफू निकट सबैलाई गुपचुप विवाह गर्ने गर्ने कुरा गर्दै आएकी थिइन् । बुधबार एकाएक उनले विवाह गरेको खबर फैलिएको थियो । प्रेम र अफेयर कहिल्यै बाहिर नआएकी केकी प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रेटीको ‘प्राइभेसी’ भित्र पर्ने धारण राख्थिन् ।