नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसमा अर्घाखाँचीमा अक्षयकोष स्थापना

अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले स्थापना दिवसको अवसर पारेर अक्षयकोष स्थापना गरेको छ । संगठनको ३३ औं स्थापना दिवसको अवसरमा सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको भगवती माध्यमिक विद्यालय शंखेटारीमा ५० हजार १ सय १ रुपैयाँको अक्षयकोष स्थापना भएको छ । जसमध्ये संगठनको तर्फबाट ३० हजार १ सय १ रुपैयाँ र आधिकारिक […]

सम्बन्धित सामग्री

फेसबुकमा टिप्पणी गर्ने कर्मचारीलाई कारवाहीको माग

दाङ- नेपाल निजामती कर्मचारी संगठन, गढवा गाउँपालिकाले सामाजिक सञ्जाल फेुसबुकमार्फत् टिप्पणी गर्ने एक कर्मचारीलाई कारवाहीको माग गरेको छ । गाउँपालिका योजना शाखा प्रमुख प्रेमप्रकाश दाहालले फेसबुकमार्फत् गरेको टिप्पणी बारे यथार्थ छानविन गर्न कर्मचारी संगठनले माग गरेहो हो । यसका साथै, उक्त घटनाबारे यथार्थ पत्ता नलाग्दासम्म उनलाई जिम्मेवारीबाट अलग गर्नसमेत माग राखिएको छ। शाखा प्रमुख दाहालले […]

निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला आयोजना गर्ने

काठमाडौँ – नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने भएको छ। नेपाल निजामती कर्मचारी संगठनले जेठ २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महिला भेला आयोजना गरेको हो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजना र केन्द्रीय महिला विभागको व्यवस्थापनमा ‘समता र सशक्तिकरणः सेवामा सबलीकरण’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय भेला आयोजना गरिएको हो। […]

नेपाल निजामती कर्मचारी संगठनद्वारा आन्दोलनको चेतावनी

नेपाल निजामती कर्मचारी संगठनले आन्दोलनको चेतावनी दिएको छ । आज केन्द्रीय कार्य समितिको दोस्रो बैठकको निर्णय सार्वजनिक गर्दै आन्दोलनको चेतावनी दिएको हो ।संगठनका अध्यक्ष लेखनाथ कोइरालाले आफूहरुको माग बमोजिम तीन तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी नभएमा संगठनको नेतृत्वमा चरणवद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी दिएका हुन् । उनले आवश्यक परे आन्दोलनका लागि अन्य ट्रेड युनियनलाई समेत आह्वान गरिने जानकारी दिए । उनले प्रस्तावित संघीय निजामती सेवा ऐन स्थानीय, प्रदेस र केन्द्रीय तीन तहमा कार्यरत कर्मचारीहरुलाई मार्गनिर्देशन गर्ने मूल कानून निजामती सेवा ऐन जारी गर्न नेपाल सरकारले ढिलासुस्ती गरेको भन्दै आपत्ति जनाए ।  साउन २६,२७ र २८ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको बैठकले महासचिव जीवन काफ्लेद्वारा प्रस्तुत “सांगठनिक प्रतिवेदन “ र कोषाध्यक्ष गणेश प्रसाद आचार्यद्वारा प्रस्तुत “आर्थिक प्रतिवेदन“ सुझाव सहित सर्वसम्मत पारित गरेको छ ।अध्यक्ष कोइरालाले नेपाल निजामती कर्मचारी संगठन केन्दिय समितिको बैठकले दुरगामी महत्व राख्ने निर्णयहरु गरेको बताए । उनले दोस्रो बैठकमा लेखापरिक्षण, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्ष तथा सदस्यहरुलाई २ दिने प्रशिक्षण दिएको बताए । उनले भने,‘संगठन केन्द्रीय कार्य समितिका १६ वटा विभागहरुको गठन, ११औं राष्ट्रिय अधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी÷सदस्यहरुको कार्य विभाजन गरेका छौं ।’ तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी गर्न सरकारलाई विशेष पहल गरिने उनको भनाई थियो ।  अब संगठनले नियमित रुपमा गतिविधिहरु सार्वजनिक गर्ने बताए । उनले गतिविधि देखाउनकै लागि ‘नेगो बुलेटिन’ नामक किताब प्रकाशित गरेर सुरुवाती गरेको स्पष्ट पारे । सरकारले संघीय निजामती सेवा ऐन तयार पार्न नसकेकोमा आपक्ति जनाउँदै उनले भने,‘यहाँ भन्दा लाजमर्दो कुरा केही हुँदैन्, १ लाख २५ हजार कर्मचारीलाई परिचालित गर्ने ऐन सरकार संसदबाट ४ वर्षसम्म ल्याउन सकेन । सरकारले हाम्रै लागि ल्याउन लागेको ऐन हामीसँग सरसल्लाह गर्दैन् ।’कर्मचारी सम्बन्धि नीति नियम बनाउँदा अनिवार्य रुपमा निजामती क्षेत्रका ट्रेड युनियनलाई राखेर छलफल गर्नुपर्छ भनेर निजामति सेवा ऐनभित्र लेखिएको उल्लेख गर्दै उनले यसप्रति सरकारले चासो नदिएकोमा दखेसो पोखे । उनले भने,‘अघिल्लो सरकारले अलिअलि निजामति ट्रेड युनियनसँग सल्लाह गर्न खोजेपनि यो गठबन्धनको सरकारले एकपटक पनि सम्झेन् ।’ उनले संघीय निजामति ऐन जारी गर्ने सम्बन्धमा सरकारलाई ७१ बुँदे सुझाव तयार पारेको सुनाए । उनले भने, ‘कर्मचारीको सरुवा, वृद्धिविकास, ट्रेडयुनियन, कर्मचारीको सेवा सुविधा, उमेरको विषयमा सुझाव दिएका छौं ।’

संघीय निजामती सेवा ऐन जारी गर्न नवलपरासीका कर्मचारीको माग

जिल्लास्थित नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले पठाएको ज्ञापन पत्रमा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भूमरीमा फसेको उल्लेख गरिएको छ ।

लोकसेवा सम्मेलनको निर्णयप्रति कर्मचारी संगठनको आपत्ति

बुटवल । लोकसेवा आयोगहरूको दोस्रो राष्ट्रिय सम्मेलनले गरेको प्रदेश तथा स्थानीय तहले गरेको बढुवा, तहवृद्धि तथा स्तरवृद्धि रद्द गर्ने आशयको निर्णयप्रति नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले आपत्ति जनाएको छ । संगठनले बिहीबार जारी गरेको विज्ञप्तिमा संविधान बमोजिम तीन तहको शासकीय संरचना हुने, संविधानको अनुसूची ८ मा स्थानीय सेवाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई भएको उल्लेख […]

निजामती कर्मचारी संगठन खोटाङको नेतृत्वमा पहिलोपल्ट महिला

खोटाङ – नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई चयन भएकी छन् । संगठनको शुक्रबार राती दिक्तेलमा सम्पन्न ११औं जिल्ला सम्मेलनबाट राई सर्वसम्मत अध्यक्ष चुनिएकी हुन् । उनी जिल्लामा संगठनको पहिलो महिला अध्यक्ष बनेकी छन् । २३ सदस्यीय संगठनको उपाध्यक्षमा रामप्रसाद आचार्य, महिला उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा ढुण्डीराज पाण्डे, सह–सचिवमा राजकुमार […]

न्यायालयप्रति जनआस्था खस्काउने गतिविधि नगर्न ट्रेड युनियनको ध्यानाकषर्ण

काठमाडौं : सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनले अदालतमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेको छ। युनियनको तर्फबाट अध्यक्ष प्रकाश पराजुली, उपाध्यक्ष दलबहादुर बजिमय, सचिव हरि भट्टराई, नेपाल निजामती कर्मचारी युनियन सर्वोच्च अदालतका अध्यक्ष राजकुमार भट्ट र नेपाल निजामती कर्मचारी संगठन सर्वोच्च अदालतका अध्यक्ष पुष्पराज तिमल्सिनाले विज्ञप्ति जारी गरी अदालतमा देखिएको समस्या समाधान गर्न माग गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र

एमालेको कर्मचारी संगठन फुटेपछि भवन कब्जा गर्न होड

एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय भवन तथा सम्पत्ति कब्जा गर्न दुइ पक्षको होडबाजी सुरु भएको छ। भवन कब्जा गर्ने नाममा गत साता दुई पक्षको भिडन्तसमेत भएको थियो। बबरमहलस्थित संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन्। उक्त भवनमा असोज ४ गते रातिदेखि प्रहरीले ताला लगाएको छ। भवन कब्जा गर्न गत असोज ४ गते साँझ दुई पक्षका कर्मचारीबीच भिडन्त भएपछि प्रहरीले भवनमा ताला लगाएको हो। भिडन्तमा उत्रेका कर्मचारीहरूलाई प्रहरीले केहीबेर नियन्त्रणमा समेत लिएक

३१ वर्षपछि एमाले कर्मचारी संगठन विभाजित

स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्।  यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको र एकले अर्कोलाई कारबाही गरेको दाबी गरेका छन्। दुवैले संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन नै दाबी गरेका छन्।  दुवै पक्षले

एमाले कर्मचारी संगठन विभाजनको अवस्थामा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विभाजित भएपछि यसको प्रभाव एमालेनिकट कर्मचारीमा पनि परेको छ। एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको अवस्थामा पुगेको छ।...