लुम्बिनी प्रदेश सरकारले बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रूपमा विकास गर्ने नीति ल्याएको छ । बुधबार लुम्बिनी प्रदेशसभामा प्रदेश प्रमुख अमिन शेरचनले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशको स्थायी राजधानी व्यवस्थापनलाई पनि गौरवको आयोजनाभित्र राखिएको बताए । स्थायी राजधानी तोकिएको स्थान दाङको राप्ती उपत्यका देउखुरीलाई प्रदेश सरकारले गौरवको आयोजना घोषणासँगै लुम्बिनी प्रादेशिक अस्पताल, रापती अस्पताललाई गौरवको आयोजनामा राखेको छ ।