काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको नयाँ कार्यतालिकासँगै क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको समयसीमा दुई दिन थप गरिएको छ। यसअघि असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउनुपर्ने व्यवस्था थियो। तर विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन तथा प्रतिनिधि छनोट प्रक्रिया प्रभावित भएपछि समय थप गरिएको हो। कांग्रेस […]