स्वरोजगार लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । मंगलवार कम्पनीको १० लाख २८ हजार १ सय ९८. २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।  सूचीकृत शेयर बुधवारबाट कारोबार गर्न मिल्ने खबर राजधानी दैनिकमा छ ।  

सम्बन्धित सामग्री

३० कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिएकामध्ये ३० कम्पनीको बोनस सेयर मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । लाभांश घोषणा गरेका १०० भन्दा बढी कम्पनीमध्ये हालसम्म (आइतवारसम्म) एक तिहाइभन्दा कमको मात्रै बोनस सेयर मात्रै नेप्सेमा सूचीकृत भएको हो । अधिकांश कम्पनीले साधारण सभाबाट लाभांश पारित गरे पनि अहिले सूचीकरणको प्रक्रियामै छन् ।  ती कम्पनीको कुल १४ करोड १७ लाख २४ हजार ८०४ दशमलव ४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी कम्पनीमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको ३ करोड ३५ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत भएको छ ।  कम्पनीको बोनस शेयर र कित्ता स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।

३० कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिएकामध्ये ३० कम्पनीको बोनस सेयर मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । लाभांश घोषणा गरेका १०० भन्दा बढी कम्पनीमध्ये हालसम्म (आइतवारसम्म) एक तिहाइभन्दा कमको मात्रै बोनस सेयर मात्रै नेप्सेमा सूचीकृत भएको हो । अधिकांश कम्पनीले साधारण सभाबाट लाभांश पारित गरे पनि अहिले सूचीकरणको प्रक्रियामै छन् ।  ती कम्पनीको कुल १४ करोड १७ लाख २४ हजार ८०४ दशमलव ४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यी कम्पनीमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको ३ करोड ३५ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत भएको छ ।  कम्पनीको बोनस शेयर र कित्ता स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।

तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । आइतवार तीन कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । नयाँ सारथी लघुवित्तको १९ प्रतिशत, साना किसान विकास लघुवित्तको २६ प्रतिशत र उपकार लघुवित्तको ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नयाँ सारथी लघुवित्तको ५ लाख ७६ हजार ४५० दशमलव ९९ कित्ता, साना किसान विकास लघुवित्तको ४० लाख ६७ हजार ४७५ दशमलव ६९१८ कित्ता र उपकार लघुवित्तको ४ लाख ५ हजार २३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।  उपकार लघुवित्तले यस वर्ष गत वर्षको मुनाफाबाट बोनस शेयरसँगै कर प्रयोजनका लागि ३ दशमलव २५ प्रतिशत नगद लाभांशसमेत वितरण गरेको छ । उपकार लघुवित्तले गत फागुन १८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरेको थियो । नयाँ सारथी लघुवित्तले भने चैत २८ गते सम्पन्न १४औं वार्षिक साधारण सभामार्फत १९ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साना किसान विकास लघुवित्तले चैत १० गते सम्पन्न २१ औं वार्षिक साधारणसभामार्फत बोनससँगै कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांशको प्रस्तावसमेत पारित गरेको थियो ।  यी तीन कम्पनीहरूले बोनस शेयर प्रयोजनका लागि नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव पारित गरेकाले सम्बन्धित शेयरधनीहरूले बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्नुपर्ने छैन । सोमवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

ग्लोबल आइएमई लघुवित्तको २८ % बोनस शेयर नेप्सेमा सूचीकृत

चैत १८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १२ लाख ८ हजार ७८९ दशमलव १५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले मंसिर २९ गते सम्पन्न नवौं साधारण सभाबाट पारित २८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  नेप्सेमा सूचीकृत उक्त बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

रू रू जलविद्युत् परियोजनाको बोनस शेयर नेप्सेमा सूचीकृत

माघ ९, काठमाडौं ।  रू रू जलविद्युत् परियोजना लिमिटेडको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  कम्पनीको ४ लाख ७ हजार ७०५ दशलमव ५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।अव यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिने छ । कम्पनीले असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

मेगा बैंकको १०% बोनस शेयर नेप्सेमा सूचीकृत

माघ ३, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेगा बैंकको बोनस शेयर सूचीकृत भएको छ ।  कम्पनीको १ करोड ४६ लाख ५४ हजार ९६४ दशमलव ९५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर लगानीकर्ताले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।  कम्पनीले मंसिर २८ गते सम्पन्न साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  कम्पनीले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश दिएको हो । नगद लाभांश पनि शेयरधनीको बैंक खातामा पठाइसकेको जानकारी गराएको छ ।

अरुण भ्याली हाइड्रोपावरको बोनस नेप्सेमा सूचीकृत

अरुण भ्याली हाइड्रोपावरको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

अरुणभ्याली हाइड्रोपावरको १०% बोनस शेयर नेप्सेमा सूचीकृत

पुस २०, काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको छ ।  कम्पनीले मंगलवार उक्त बोनस शेयर वापतका १५ लाख ७२ हजार ३५९ कित्ता शेयर सूचीकृत गराएको हो । बुधवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।  कम्पनीले साधारण सभा र लाभांश  प्रयोजनका लागि असोज ११ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम शेयरधनीहरुले मात्र यो बोनस शेयर प्राप्त गर्नेछन् ।   कम्पनीले १० प्रतिशत बोनस शेयर पश्चात ५० प्रतिशत हकप्रद शेयर विक्रीको प्रस्ताव पनि सोही सभाबाट पारित गरेको छ । हकप्रद शेयर भने विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र निष्कासनमा आउनेछ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचिकृत गरेको छ ।  नेप्सेले आइतबार कम्पनीको ३ लाख २० हजार ४८७ कित्ता

समता लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

वैशाख १६, काठमाडौं । नेप्सेमा बिहीवार समता लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।  कम्पनीको ३ लाख ८२ हजार २३३ दशमलव ६० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।