किमाथांका– सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले खाँदबारी नगरपालिका–१ बसपार्कबाट जुवातास खेल्ने सात जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा खाँदबारी–१ बसपार्कस्थित जीतकुमार राईको होटलबाट जुवातास (कौडा) खेलिरहेको अवस्थामा गएराति सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए। प्रहरीले जुवातास […]
काठमाडौं । अभिनेता तथा मोडल राहुल केसी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) उत्तर अमेरिका महादेशको क्षेत्रीय संयोजकमा नियुक्त भएका छन् ।
गतसाता सम्पन्न इनास ग्लोबलको छैटौं महाधिवेशनबाट केसी उक्त पदमा नियुक्त भएका हुन् । उनी इनास …
सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि गरिएको आक्रमणबाट सुरु भएको युद्धमा अहिलेसम्म गाजामा ६८ हजार १५९ भन्दा बढीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसङ्घले ती तथ्याङ्कलाई विश्वसनीय मानेको छ।
भक्तपुर– तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ । आज लक्ष्मी पुजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । भक्तपुरको सबभन्दा बढी फूल उत्पादन हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुमा किसानले एकसाता अगाडि ३०० प्रतिकिलो बिक्री गरेको सयपत्री फूल आज रु ७०० मा बिक्री […]