रविको मुद्दामा सुनुवाइ : सांसद पद खारेज हुनुपर्ने कानुन व्यवसायीको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अहिले सुनुवाइ भइरहेको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो। यो मुद्दाको सुनुवाइ लम्बिएपछि पेशी चढेका अरु सबै मुद्दा हेर्न नभ्याइने सूचीमा परेका छन्।रिट निवेदक पक्षबाट कानुन व्यवसायीले बहस गरिसकेका छन्। उनीहरुले अमेरिकी नागरिककै रुपमा