देउवाले शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्न खोजेको पौडेलको आरोप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेका आरोप लगाएका छन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति...

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलको दसैं टिका बहिष्कार गर्न रवीन्द्र मिश्रको अपिल, कारण यस्तो छ

काठमाडौं, ५ कार्तिक । राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको दसैं टिका बहिष्कार गर्न अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता मिश्रले राष्ट्रपतिको संस्था सबैको अभिभावक बोकेको हुनुपर्नेमा अहिलेसम्म भएका तीन जना राष्ट्रपतिले पार्टी, गुट र नेताको रुपमा आफूलाई उभ्याएको आरोप लगाएका छन् । उनीहरु देशको राष्ट्रपति नभएको पनि टिप्पणी गरेका छन् । […]

देवेन्द्र पौडेलको समीक्षा : अब जनतातिर नफर्के पार्टी रहँदैन

३ भदौ, पोखरा । नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जनतातिर नफर्केकै कारण पार्टी निरन्तर ओरालो लागेको बताएका छन् । आइतबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारकै नेतृत्व गरेको भए पनि अब जनतातिर नफर्किने हो भने पार्टीको जीवन नरहने धारणा राखेका छन् । यही निष्कर्षसहित गत साउन २१ गते सकिएको केन्द्रीय […]

झलनाथ र विष्णु पौडेलको त्याे जम्काभेट, जहाँ देखियाे पार्टी एकताको भाव

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष विष्णु पौडेलको जम्काभेट भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा खनाल र पौडेलबीच  जम्काभेट भएको हो। दुई नेताहरूको बीचमा पार्टी एकताको  आवश्यकता बोधको भाव व्यक्त देखिएको नेकपा एसका केन्द्रीय सदस्य डाक्टर बालकृष्ण चापागाईँले बताए। आफूले नेताहरूलाई पार्टी एकताको पहल गर्न भनेपछि उनीहरू मुसुमुसु हाँसेको बताए। भेटको क्रममा खनालले पौडेललाई पार्टी एकतको पहल गर्न आग्रह गरेको समेत बताए। माधव

पार्टी नेतृत्वमा पुग्न पौडेलको कसरत

संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालालाई मिलाएर आफू सभापति हुने कसरतमा रामचन्द्र पौडेल जुटेका छन्। प्रकाशमान र शेखरलाई उपसभापति तथा शशांकलाई प्रधानमन्त्री बनाउने पौडे...

नेता गौतमलाई स्थायी कमिटी बैठकमा सहभागी हुन उपप्रधानमन्त्री पौडेलको आग्रह

काठमाडौं।एमाले नेता वामदेव गौतम र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच पार्टी एकताको विषयमा छलफल भएको छ।आज नेता गौतम निवास भैंसेपार्टी पुगेका पौडेलले स्थायी कमिटी बैठकमा सहभागी हुन र पार्टी एकताको लागि पहल गर्न अनुरोध गरेका थिए।प्रतिउत्तरमा गौतमले जेठ २ अगाडि पार्टीको संरचना कायम गरे एकता हुने बताएका थिए।नेता गौतम र पौडेलको भेट अनौपचारिक भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए।

नेता गौतमलाई स्थायी कमिटी बैठकमा सहभागी हुन उपप्रधानमन्त्री पौडेलको आग्रह

काठमाडौं।एमाले नेता वामदेव गौतम र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच पार्टी एकताको विषयमा छलफल भएको छ।आज नेता गौतम निवास भैंसेपार्टी पुगेका पौडेलले स्थायी कमिटी बैठकमा सहभागी हुन र पार्टी एकताको लागि पहल गर्न अनुरोध गरेका थिए।प्रतिउत्तरमा गौतमले जेठ २ अगाडि पार्टीको संरचना कायम गरे एकता हुने बताएका थिए।नेता गौतम र पौडेलको भेट अनौपचारिक भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए।

प्रधानमन्त्री ओलीलाई पौडेलको सुझाव : राजीनामा दिनुहोस्, पार्टी एकता जोगाउनुहोस्

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन र पार्टी एकता जोगाउन सुझाव दिनुभएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा आफ्ना धारणा राख्दै नेतृ पौडेलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर राजनीतिक स्थिरता बनाउन सुझाव दिनुभएको हो । नेकपा विभाजन र संसद विघटन गर्ने कदमका मुख्य जिम्मेवार प्रधानमन्त्री ओली भएको उहाँको भनाई थियो । देश र जनताको बृहत्तर हितका लागि प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभयो । ‘नेकपा फुट र प्रतिनिधि सभा विघटन गर्ने काम गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ। राजीनामा दिएर पनि नेकपाभित्रको फुट र संसद विघटन गर्ने काममा मुख्यरुपले प्रधानमन्त्री ओली नै जिम्मेवार हुनुहुन्छ भन्ने कुरा प्रष्टै छ’, पौडेलले भन्नुभयो, ‘त्यसैले देश र जनताको बृहत्तर हीत तथा राजनीतिक स्थिरताको लागि पनि उहाँले राजीनामा दिनुपर्छ।’ राजमो उपाध्यक्षसमेत रहेकी पैडेलले संसदमा अब अराजनीतिक सौदावाजी र सिद्धान्तहिन चलखेल बढेर जाने भन्दै राजीनामा दिएर पार्टी एकता बचाउन ओलीलाई सुझाव दिनुभयो । ‘राजीनामा दिएर पार्टी एकीकरण वा संयुक्त सरकारका लागि मार्ग प्रशस्त गर्नको लागि हामी अनुरोध गर्दछौं। त्यसो भएमा एउटा स्थीर सरकारको गठन पनि हुनसक्नेछ। अन्यथा संसदमा अराजनीतिक प्रकारको सौदावाजी वा सिद्धान्तहीन चलखेल बढेर जानेछ। र त्यसका दुरगामी दुस्परिणामहरु हुनेछन्। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ पौडेलले भन्नुभयो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिएपनि दुई पार्टी मिल्नुपर्ने उहाँले बताउनुभयो । यदि पार्टी मिल्नै नसकेको अवस्थामा संयुक्त मोर्चा बनाएर सरकार बनाउनुपर्ने उहाँको भनाई छ। ‘सर्वोच्च अदालतको फैसला अनुसार बेग्ला बेग्लै रुपमा अस्तित्वमा आएका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता नै हो भन्ने हाम्रो निष्कर्ष छ’ उहाँले भन्नुभयो, ‘तर, एमालेभित्र नै पनि विभाजन देखिन थालेको छ। हाम्रो विचारमा उनीहरुको बीचमा नयाँ प्रकारले पार्टी एकता हुनुपर्छ । वा त्यो सम्भव नभए दुवैतर्फको संयुक्त मोर्चा बनाएर भएपनि सरकारको सञ्चालन गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौं ।’