मकवानपुरको बकैया गाउँपालिका– ८ देउताखोलाकी ४५ वर्षीया जालीमायाँ घिसिङको कुटपिटबाट मृत्यु भएको छ ।
गत २५ साउनमा देउताखोलाकै ४८ वर्षीया पातलीमायाँ भोलनको कुटपिटबाट घाइते भएकी जालीमायाँको आज मृत्यु भएको हो ।...
रुपन्देहीको गैडहवा गाउँपालिका १ बगिया बस्ने ३० वर्षीय महेश भरको कुटपिटबाट मृत्यु भएको छ । आर्थिक लेनदेनको विषयमा विवाद हुँदा भएको कुटपिटमा भरको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटको घटनामा संलग्न रहेको अभियोगमा उनकै बुवा ५४ वर्षीय फौदार भरसहित परिवारका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मंगलबार आर्थिक लेनदेनको बिषयलाई लिएर कुटपिट हुँदा महेश भर उनकी श्रीमती घाइते भएकी थिइन्। कुटपिटबाट घाइते भएका महेशको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।रुपन्देहीको
विवाहमा गएका एक किशोरलाई शुक्रबार राति इटहरीमा कुटपिट गर्दा मृत्यु भएको छ। इटहरी वडा नं. ६ मा बेहुली पक्षको विवाहमा गएका भारत बिहार शिवगढका आशिषकुमार पटेलको कुटपिटबाट मृत्यु भएको हो।...
धामीझाँक्रीको कुटपिटबाट मृत्यु भएकी कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीकी ४३ वर्षीय एकल महिला रन्चुला साउदको शव परीक्षण भएको छ । महाकाली प्रादेशिक अस्पताल ल्याएको दुई दिनपछि साउदको शव परीक्षण गरिएको हो...
जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको कुटपिटबाट मृत्यु भएको छ। सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेका जनाइएको छ।...
गोरखाको आरुघाट गाउँपालिका-४ थुमी बस्ने ४९ वर्षीय चामबहादुर बरामको आफ्नै भाइबुहारी समेतको कुटपिटबाट सोमबार दिउँसो मृत्यु भएको छ । भाइबुहारी डल्ली बराम र डल्लीकै छोरी निशा बरामले गत शनिबार दिउँसो कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । मृत्युको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीले अभियुक्त दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा लडेर मृत्यु भएको भनिएकी एक महिलाको कुटपिटबाट मृत्यु भएको भन्दै जाहेरी दर्ता भएको छ । गत साउन ३२ गते राती लडेर मृत्यु भएको भनिएकी खिजीदेम्बा गाउँपालिका ९ की ५८ बर्षिय कमुनी शर्पाको कुटपिटबाट मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दर्ता भएको हो । बुधबार मृतकको माइतीपक्षबाट भदाले परिवारका सदस्यले नै कुटपिट गरी हत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले ज