तालिबानले रोक्यो भारतसँगको व्यापार

अफगानिस्तानको सत्ता कब्जामा लिएको तालिबानले भारतसँगको व्यापार बन्द गरेको जनाएको छ।सामान्यतयाः दुई देशबीच मालबाहक सवारी पाकिस्तानको मार्गबाट गुड्ने गर्छन्। भारतीय निर्यात संगठन महासंघले सवारीको आवागमन रोकिएको जनाएको छ। जसकारण लाखौं डलर बराबरको सामान आयात र निर्यात रोकिएको छ।अफगानिस्तानमा भारतले निकै ठूलो परिमाणमा निर्यात व्यापार गर्ने गरेको छ। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडकहरूको विकासमा पनि अर्बौं डलर लगानी गरिरहेको छ।रिपोर्टका अनुसार भारतले अफगानिस्तानबाट ठूलो मात्

सम्बन्धित सामग्री

काठमाडौँ महानगरले साइकल र गाडामा व्यापार गर्न रोक्यो

काठमाडौँ- अबदेखि काठमाडौँ महानगरपालिकाभित्र साइकल र ठेलागाडामा व्यापार तथा व्यवसाय गर्न नपाइने भएको छ । महानगरले जारी गरेको सूचनामा सडकपेटीमा अनाधिकृत व्यापार गर्ने, निजी प्रयोगका सामग्री राख्‍न नपाइने, ठेलागाडा वा साइकलमा राखी व्यापार गर्न नपाइने  र सार्वजनिक स्थानमा आवागमनमा अवरोध भएकाले त्...

काठमाडौँ महानगरले साइकल र गाडामा व्यापार गर्न रोक्यो

काठमाडौँ- अबदेखि काठमाडौँ महानगरपालिकाभित्र साइकल र ठेलागाडामा व्यापार तथा व्यवसाय गर्न नपाइने भएको छ । महानगरले जारी गरेको सूचनामा सडकपेटीमा अनाधिकृत व्यापार गर्ने, निजी प्रयोगका सामग्री राख्‍न नपाइने, ठेलागाडा वा साइकलमा राखी व्यापार गर्न नपाइने  र सार्वजनिक स्थानमा आवागमनमा अवरोध भएकाले त्...

काठमाडौँ महानगरले साइकल र गाडामा व्यापार गर्न रोक्यो

काठमाडौँ- अबदेखि काठमाडौँ महानगरपालिकाभित्र साइकल र ठेलागाडामा व्यापार तथा व्यवसाय गर्न नपाइने भएको छ । महानगरले जारी गरेको सूचनामा सडकपेटीमा अनाधिकृत व्यापार गर्ने, निजी प्रयोगका सामग्री राख्‍न नपाइने, ठेलागाडा वा साइकलमा राखी व्यापार गर्न नपाइने  र सार्वजनिक स्थानमा आवागमनमा अवरोध भएकाले त्...

भारतले रोक्यो गहुँको पिठो, मैदा र सुजीको निर्यात

केही महिना अघि मात्रै गहुँ निर्यातमा रोक लगाएको भारतले अब गहुँको पिठो र गहुँबाट उत्पादित अन्य उत्पादनको निर्यात पनि रोकेको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा आउँदो मंगलबारबाट आटा, मैदा, सुजी लगायत गहुँबाट उत्पादित बस्तुमा प्रतिबन्ध लगाइने उल्लेख छ । मालबाहक जहाजमा लोड गरिसकेका वा भन्सारमा बुझाइसकिएका उत्पादनलाई कुनै रोकावट हुने सूचनामा भनिएको छ । भारतले वैशाख ३० गते गहुँको निर्यातमा पनि पूर्ण प्रतिबन्ध लगाएको थियो । हाल आएर भारतले गहुँको पिठोसमेत निर्यात गर्न रोकेको हो । व्यापारीले छिटो पैसा कमाउने लोभमा गहुँको पिठोको असामान्य निर्यात नगरुन् भनेर निर्यातमा भारत सरकारले प्रतिवन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतले चिनी निकासी रोक्यो : नेपालमा महँगी र अभाव चर्किने

काठमाडौं । केही दिनअघि गहुँ निकासीमा प्रतिबन्ध लगाएको भारतले चिनी निर्यातमा पनि रोक लगाएको छ । भारतको यो कदमसँगै आन्तरिक उत्पादनले नपुग्ने नेपालमा चिनीको मूल्य वृद्धि र अभाव चर्किने देखिएको छ । वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने नेपालमा आन्तरिक उत्पादन १ लाख ४० हजार मेट्रिक टन हाराहारी मात्रै छ । बाँकी माग आयात गरेर धान्ने गरिएको छ । विश्वव्यापी खाद्यसंकटको अवस्था आउन सक्ने अनुमानबीच भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो । ब्राजिलपछि विश्वमा सबैभन्दा बढी चिनी निर्यात गर्ने मुलुक भारत हो । नेपालको आन्तरिक उत्पादनले घरेलु माग धान्न नसक्ने भएकाले भारत, पाकिस्तानलगायत मुलुकबाट आयातित चिनीले धानिरहेको छ । पाकिस्तानले यसअघि नै चिनी निर्यातमा प्रतिबन्ध लगाइसकेकाले भारतको पछिल्लो निर्णयले नेपालमा चिनीको अभाव र महँगी बढ्ने सरोकारवाला बताउँछन् । नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनाली भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा ठूलो असर गर्ने बताउँछन् । उनका अनुसार नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन हाराहारी चिनीको माग छ । स्वदेशमा यो वर्ष १ लाख ४० हजार मेट्रिक टन चिनी उत्पादन भएको छ । भारतको प्रतिबन्धले निकट भविष्यमै नेपाली बजारमा चिनी अभाव हुने उनले बताए । भन्सार विभागको ताजा तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाखसम्म भारतबाट ८९ हजार मेट्रिक टन चिनी आयात भएको छ । सरकारी अनुदानको चिनी आयात र विक्री–वितरण गर्दै आएको संस्था साल्ट ट्रेडिङ कर्पोरेशनसँग ३२ टनमात्रै मौज्दात छ । उक्त मौज्दात सकिन नदिन साल्ट ट्रेडिङले खुद्रा रूपमा मात्रै चिनी बेच्ने गरेको छ । ५० हजार मेट्रिक टन चिनी किन्न सरकारसँग अनुमति मागेको डेढ वर्ष पुग्न लागे पनि त्यसमा बेवास्ता भइरहेको साल्ट ट्रेडिङका अधिकारी बताउँछन् । पछिल्लो समय साल्ट ट्रेडिङले आफ्नो चिनी भण्डार रित्तिन नदिन अन्तरराष्ट्रिय र आन्तरिक टेन्डरबाट १० हजार टन चिनी किन्न खोजे पनि भारतको प्रतिबन्धले खरीद प्रक्रिया प्रभावित हुने देखिएको प्रवक्ता कुमार राजभण्डारीले बताए । यसले नेपालमा चिनी अभाव हुने र मूल्य बढ्न सक्ने उनको भनाइ छ । बजारमा अहिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँ छ । भारतको प्रतिबन्धपछि ठूला व्यापारीले कृत्रिम अभाव सृजना गरी कालाबजारी गर्न सक्ने खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधर बताउँछन् । खाद्यसंकट सृजना हुन सक्ने अवस्था देखिएकाले मौज्दातमा रहेका खाद्यवस्तुको संयमित प्रयोग तथा उचित व्यवस्थापनमा सरकार र सबै सरोकारवाला लाग्नुपर्ने उनको सुझाव छ । रूस–युक्रेन तनावले खाद्यान्न संकट आउन सक्ने भन्दै भारत, मलेशिया, इन्डोनेशिया, सर्बिया, कजाकस्तानलगायत मुलुकले खाद्य वस्तुको निर्यातमा प्रतिबन्ध लगाएका छन् । भारत सरकारको वाणिज्य एवम् उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार निर्देशनालयले मंगलवार एक सूचना जारी गरी यही जेठ १८ देखि कात्तिक १४ गतेसम्म चिनी निकासीमा रोक लगाउने निर्णय भएको जानकारी दिएको छ । अहिले चिनीको सिजन अफ भएकाले स्वदेशमै अभाव हुन सक्ने भन्दै निर्यातमा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ । यसअघि भारतले स्वदेशमा उत्पादन घटेको भन्दै गत वैशाख ३० गतेदेखि गहँु निकासीमा प्रतिबन्ध लगाएको थियो । भारतले केही दिनअघि मात्रै फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा पनि कर बढाएको छ । चिनी निर्यातमा प्रतिबन्धसम्बन्धी सूचनामा तोकिएको प्रक्रियाअनुसार एक्ससीएल र टीआरक्यू कोटाअन्तर्गत यूरोप र अमेरिका निर्यात हुने चिनीमा प्रतिबन्ध लागू नहुने उल्लेख छ ।

भारतले रोक्यो गहुँ निर्यात

भारतले गहुँ निर्यातमा रोक लगाएको छ । शुक्रबार साँझ भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा तत्काल लागू हुने गरी गहुँ निर्यात रोक्ने भनिएको छ ।

भारतले रोक्यो गहुँ निर्यात

भारतले गहुँ निर्यातमा रोक लगाएको छ । शुक्रबार साँझ भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा तत्काल लागु हुने गरी गहुँ निर्यात रोक्ने भनिएको छ । विश्वको दोस्रो ठूलो गहुँ उत्पादक देश भारतले देशभित्र बढ्दो महँगी र खाद्य सुरक्षालाई ध्यामा राखेर निर्यातमा रोक लगाएको जनाएको छ ।

इण्डोनेसियाले रोक्यो पाम तेलको निर्यात, खाने तेलको आपूर्ति चक्रमा समस्या

१६ वैशाख, काठमाडौं । पाम तेलको प्रमुख उत्पादक मुलुक इण्डोनेसियाले निर्यातमा रोक लगाएपछि त्यसको असर नेपाली बजारमा पनि देखिने भएको छ । गत बुधबारदेखि इण्डोनेसियाले आफ्नो मुलुकको मूल्यवृद्धि रोक्न पाम तेलको निर्यातमा रोक लगाएको मोरङ व्यापार संघले जनाएको छ । वाषिर्क ठूलो परिमाणमा कच्चा पदार्थ आयात गरेर नेपाल र भारतीय बजारमा नेपाली उद्योगीले पाम तेल […]

अमेरिकी कार कम्पनीले रोक्यो रुसतर्फको निर्यात

अमेरिकाको बहुराष्ट्रिय सवारी उत्पादक जनरल मोटर्सले रुसतर्फको निर्यात रोक्ने घोषणा गरेको छ । छिमेकी युक्रेनमाथि सैन्य हमला सुरू गरेपछि उक्त कम्पनीले रुससँगको व्यापार सम्बन्ध रोक्ने निर्णय गरेको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ ।जनरल मोटर्सले रुसमा वार्षिकरूपमा जम्माजम्मी ३ हजार वटा सवारी बिक्री गर्दै आएको छ । यसले रुसमा आफ्ना १६ डिलरमार्फत व्यवसाय सञ्चालन गर्दै आइरहेको थियो । जुन, युक्रेनमाथिको हमला रोक्न दबाब दिँदै बन्द गरिएको हो ।जनरल मोटर्स विश्वव्यापी बजारमा वार्षिक ६ मिलियन सवार

गोदाम भरिएको भन्दै खाद्यले धान खरिद रोक्यो

गोदाम भरिएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा किसानबाट धान खरिद गर्न छाडेको छ ।