मलेरिया औषधिमाथि प्रतिबन्ध फुकुवा गर्दै मोदीले भने: कोरोनाविरुद्धको मानवीय लडाईंमा हरसम्भव मद्दत गरिनेछ

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाव्याधि कोरोना भाइरसविरुद्ध सम्पूर्ण मानव जातिको लडाईंमा भारतले सक्दो सहयोग गर्ने बताएका छन्। मलेरिया औषधि हाइड्रोक्सीक्लोरोक्वीनमाथिको प्रतिबन्ध फुकुवा गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत भारतलाई धन्यवाद दिए। ट्रम्पको ट्वीटमा जवाफ दिँदै मोदीले मानव जातिको संरक्षणका लागि ‍औषधि लगायत अन्य कुराको हरसम्भव सहयोग