तलब नपाएको भन्दै शिक्षकले गरे गुजरा नगरपालिका तालाबन्दी

तलब नपाएको विरोधमा गुजरा नगरपालिकाका शिक्षकहरूले मंगलबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। शिक्षकहरूले श्रावण महिनादेखि तलब नपाएको र बारम्बार माग गर्दा पनि नगरपालिकाले बेवास्ता गरेपछि उनीहरू आक्रोशित बनेका हुन्। शिक्षकहरूका अनुसार, तलब नपाउँदा विद्यालय सञ्चालनमा समेत समस्या उत्पन्न भएको छ। “हामीले निरन्तर पढाइ गरिरहेका छौँ, तर श्रमको प्रतिफल पाएका छैनौँ। माग गर्दा पनि सुनुवाइ भएन, […]