कञ्चनपुरमा कल्भर्ट निर्माण गर्न भारतीय सुरक्षाकर्मीको अवरोध

कञ्चनपुर : भीमदत्त नगरपालिका­-९ ब्रह्मदेवमा कल्भर्ट निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएबी)ले अवरोध गरेको छ।ब्रह्मदेव बजारको पश्चिमतर्फको नेपाली भूमिमा रहेको नाला दशगजा क्षेत्रमा पर्ने भन्दै एसएसबीले कल्भर्ट निर्माणमा अवरोध गरेको हो। निर्माण रोक्न दुईजना एसएसबीका जवानलाई खटाइने गरिएको छ।ब्रह्मदेवको सिद्धनाथ मन्दिरदेखि ब्रह्मदेव बजारसम्म बनाउन लागिएको सडक कालोपत्रेअन्तर्गत नालामा कल्भर्ट बनाउन लागिएको छ। तर एसएसबीले अवरोध गरेपछि सात महिनादेखि कल्भर्ट निर्माण अवरुद्ध छ। भीमदत्त नगरपालिकाले