नेकपा एमालेको जारी १०औं महाधिवेशन अन्तर्गत सर्वसम्मत नेतृत्व चयनमा सहमति नजुट्दा रस्साकस्सी भएको छ । शनिबार सुरु भएको बन्द सत्र अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयनको सम्पूर्ण अधिकार दिने भन्दै टुंगिए पनि आइतबार बिहानैदेखि नेताहरू सहमतिको प्रयासमा लागि परेका छन् ।