ट्रम्पले फेरि गरे चीनको आलोचना, कोरोनाभाइरस 'फैलाएकाले गम्भीर अनुसन्धान'

ट्रम्प तस्वीर कपीराइट Getty Images

कोरोनाभाइरस फैलाउन केवल चीनको भूमिका भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले चीनबारे अनुसन्धान गरिरहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस रोकथामका लागि चीनले चालेको कदमबारे आफ्नो प्रशासनले "अत्यन्त गम्भीर ढङ्गले चीनमाथि अनुसन्धान गरिरहेको" बताएका छन्।

गत शुक्रवारपछि पहिलो पटक कोरोनाभाइरससम्बन्धी पत्रकार सम्मेलन गर्दै ट्रम्पले चीनबारे टिप्पणी गरेका हुन्।

उनले ट्रम्पले आफूहरू चीनसँग अप्रसन्न रहेको बताए।

  • विश्वभरि सङ्क्रमितको सङ्ख्या ३० लाख
  • कोरोनाभाइरसबाट कहाँ कति सङ्क्रमण? कति मृत्यु? [अन्तर्क्रियात्मक नक्सा]

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थाप्रति पनि आफू खुसी हुन नसक्ने धारणा राख्दै भने, 'किनकि यस (कोरोनाभाइरस) लाई मूलमै रोक्न सकिन्थ्यो। चाँडै रोक्न सकिन्थ्यो। र, यो विश्वभरि फैलिएको हुँदैनथ्यो।"

कोरोनाभाइरस महामारीको विषयमा ट्रम्पले चीनको वारंवार आलोचना गर्दै आएका छन्।

'केवल चीन जिम्मेवार'

ट्रम्पले चीनतर्फ लक्षित गर्दै कोरोनाभाइरस महामारी फैलिनुमा एउटा देशबाहेक अरू कसैलाई पनि जिम्मेवार ठहर्‍याउन नसकिने बताए।

तस्वीर कपीराइट Getty Images

कोभिड-१९ रोक्न चीन पूर्णतः असफल भएको ट्रम्पको दाबी छ।

ट्रम्पले आफूले अर्थतन्त्रलाई इतिहासमै सर्वोच्च तहमा पुर्‍याएको तर त्यसलाई बन्द गर्न दबावमा परेको पनि बताए।

  • अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघ्यो, तर मृत्युदर 'कम'
  • ग्रीन कार्ड स्थगित गर्ने आदेशमा ट्रम्पले गरे हस्ताक्षर

उनले परीक्षणहरू बढाउने योजना पनि सार्वजनिक गरेका छन्।

अमेरिकामा ५५,००० जनाभन्दा बढीले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन्।

किम 'सकुशल'

उत्तर कोरियाली नेता किम जङ-अनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला सोही पत्रकार सम्मेलनमा किमले के गरिरहेका थिए भन्ने आफूलाई थाहा भएको ट्रम्पले बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले किमबारे विस्तृत विवरण दिन नसक्ने तर किम सकुशल थिए भन्नेमा आफू रहेको बताए।

  • किम जङ-अनको उत्तराधिकारी को हुन सक्छ
  • किम जङ-अन बिरामी भएको हल्ला दक्षिण कोरियाद्वारा खण्डन

दुई साताअघि उत्तर कोरियाली संस्थापक नेताको जन्मजयन्तीमा समेत सहभागी नभएपछि किमबारे अनेक अड्कलबाजी सुरु भएको थियो।

दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियामा कुनै पनि अस्वाभाविक कुरा नदेखिएको बताएका छन्।

  • के हो? वास्तवमा के हो कोरोनाभाइरस
  • कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
  • के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
  • के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
  • कतिचोटि? के दोहोर्‍याएर सङ्क्रमण हुन सक्छ
  • भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
  • भिडिओ: हात यसरी धुनुपर्छ
  • भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
  • के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

सम्बन्धित सामग्री

भारतले चिनियाँ एप्स प्रतिवन्ध गर्दा अमेरिकी राष्ट्रपति ट्रम्प दंग!

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनप्रति कडा आलोचना गर्दै भारतले चिनियाँ एपमाथि लगाएको प्रतिवन्धको स्वागत गरेका छन्। चीनले कोरोना भाइरस पेन्डेमिक फैलाएको आरोप लगाउँदै आएका ट्रम्पले बेइजिङविरुद्ध एक भएर लाग्नुपर्ने समेत बताए। भाइरस संक्रमणमा चीनलाई दोष दिँदै आएका ट्रम्पले विश्व अर्थतन्त्र तहसनहस बनाउन पनि बेइजिङकै भूमिका रहेको बताएका छन्।

पहिलो पोस्ट

चीनसँग सबै सम्बन्ध तोड्न सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सबै सम्बन्ध तोड्न सक्ने चेतावनी दिएका छन्। चीनको बुहानबाट फैलिएको भाइरसलाई लिएर ट्रम्पले चीनको आलोचना गर्दै आएका छन्। विश्व नै भाइरससँग जुधिरहेको बेला ट्रम्पले चीनसँगको सम्बन्ध तोड्न सक्ने बताएका हुन्। 'हामी धेरै नै गर्न सक्छौं। हाम्रा सबै सम्बन्ध पनि तोड्न सक्छौं'।' राष्ट्रपति ट्रम्पले फक्स बिजनेसलाई

पहिलो पोस्ट

चीनसँगको सबै सम्बन्ध तोड्ने ट्रम्पको चेतावनी

२ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा चीनले चालेको कदमको आलोचना गरेका हुन् । एक अन्तर्वार्तामा उनले आफूले चीनसँगको सबै …

अनलाइनखबर

काेराेना भाइरसकाे खाेप २०२० काे अन्त्यसम्ममा उपलब्ध हुने ट्रम्पकाे विश्वास

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरस (काेभिड–१९) विरुद्धकाे खाेप तयार हुन सक्नेतर्फ जाेड दिएका छन् । टेलिभिजन च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यस वर्षको अन्तिममा काेराेनाविरुद्धकाे खाेप आउनेमा विश्वस्त रहेको दाबी गरेकाे बीबीसीले जनाएको छ । ...

उज्यालो अनलाइन

चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण छ - डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण आफूसँग रहेको बताएका छन् । पत्रकार सम्मेलनमा उनले आफूले त्यो कुरा प्रत्यक्ष देखेको दाबीसमेत गरे । ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट ...

नेपाल आज

कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको हो, मसँग प्रमाण छ : ट्रम्प

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड १९) चिनियाँ प्रयोगशालाबाटै फैलिएको दाबी गरेका छन् । एकातिर अमेरिकी जासुसी एजेन्सी कोरोना भाइरस जानीबुझी उत्पन्न नभएको बताइरहेको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले यो भाइरस चीनको वुहान शहरमा रहेको प्रयोगशालाबाट फैलिएको दाबी गरेका हुन् ।  बिह...

उज्यालो अनलाइन

चीनमाथि गम्भीर अनुसन्धान गरिरहेका छौँ – ट्रम्प

ह्वाइटहाउसमा सोमबार भएको प्रेस कन्फ्रेन्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस फैलाउन चीन

नयाँ पत्रिका

'चीनले कोरोनाबाट विश्वलाई जोगाउन सक्थ्यो, तर जोगाएन'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणलाई लिएर चीनमाथि कडा टिप्पणी गरेका छन्।  ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनतर्फ इंगित गर्दै बेइजिङले चाहेको भए अमेरिकामात्र नभई विश्वलाई नै जोगाउन सक्ने अवस्था रहेको, तर यसो नगरिएको बताएका हुन्। कोरोना भाइरसबारे चीनको कदममाथि अमेरिकाले निकै गम्भीर...

थाहा खबर

चीनको व्यापार नीति ‘अविवेकी’: ट्रम्प

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चिनियाँ ब्यापार नीतिबारे आलोचना गर्दै नीतिलाई ‘अविवेकी’ बताएका छन् ।    ट्रम्पले मोटरगाडीको आयातमा राजस्व बढाएको बिषयलाई आफ्नो ट्वीटर सन्देशमार्फत पुनः आलोचना गरेका हुन् । उनले ...

नेपाल आज