सुदूरपश्चिमका सांसदको सेवा सुविधामा साढे तीन महिनामा २ करोड बढी खर्च, कसले कति लिए ? (सूचीसहित)

कैलाली । पौष १८ गते बाट सुरु भएको सुदूरपश्चिम प्रदेशसभामा चैत्र मसान्त सम्म सेवा सुविधा र पारिश्रमिकका नाममा २ करोड बढी खर्च गरिएको छ । मासिक पारिश्रमिक, सञ्चार, आवास, निजी सचिवालय बन्दोबस्त, बिजुली–धारा र अतिथि सत्कार शीर्षकमा साढे तीन महिनामा प्रदेश सभाबाट २ करोड १२ लाख ६६ हजार पाँच सय ७७ रुपैयाँ खर्च भएको हो […]

सम्बन्धित सामग्री

वैशाखमा आरविवि म्युचुअल फण्ड १ करिब २ करोड नोक्सानीमा

काठमाडौं । आरविवि म्युचुअल फण्ड (RBB Mutual Fund)अन्तर्गत सञ्चालन हुने आरविवि म्युचुअल फण्ड १ (RBB Mutual Fund 1) ले वैशाख महिनाको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस योजना रू. १ करोड ८६ लाखभन्दा बढी नोक्सानी (Loss)मा रहेको छ । चैत मसान्तसम्म रू. १ करोड ३८ लाखभन्दा बढी नाफामा रहेको योजना वैशाखमा भने नोक्सानीमा गएको हो ।  वैशाख महिनामा योजनाको आम्दानी ऋणात्मक हुँदा नाफा (Profit) मा असर परेको हो । चैत मसान्तसम्म रू. २ करोड ८९ लाखभन्दा बढी आम्दानी गरेको योजनाको वैशाख मसान्तसम्म भने आम्दानी रू. १९ लाख ४२ हजारभन्दा बढी ऋणात्मक छ । खर्च रकम पनि वैशाखमा बढेको छ । चैतमा रू. १ करोड ५१ लाखभन्दा बढी खर्च गरेको कम्पनीले वैशाखमा रू. १ करोड ६७ लाखभन्दा बढी खर्च गरेको हो ।  सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७८ साल साउन ७ गतेदेखि सञ्चालनमा रहेको छ । १२ करोड ५० लाख इकाई जारी गरेको योजनाको प्रति इकाई खुद मूल्य चैत मसान्तसम्म रू. ९ दशमलव शून्य ८ रहेकोमा वैशाख मसान्तसम्म रू. ८ दशमलव ८२ कायम भएको हो । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ सञ्चालित यस योजनाले वैशाख मसान्तसम्म सूचीकृत तथा सूचीकृत नभएको शेयर र डिबेञ्चरमा भएको लगानीको परल मूल्य धितोपत्र दलाल कमिशनसहित रू. ९५ करोड ८३ लाख ५४ हजार रहेको छ ।  योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य परल मूल्यभन्दा कम छ । बैंक मुद्दती निक्षेपमा रू. १८ करोड ७५ लाख लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजार मूल्य रू. ७१ करोड ३४ लाखभन्दा बढी मात्र छ ।

६ महीनामा अपि पावरले कमायो १४ करोडभन्दा बढी नाफा

माघ २९, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनासम्ममा रू. १४ करोड ३० लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा न्यून अर्थात् शून्य दशमलव ११ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी ४ दशमलव ५८ प्रतिशत बढेको छ भने खर्च २१ दशमलव ४९ प्रतिशत बढी भएको छ । कम्पनीले ६ महिनामा रू. ३१ करोड ७६ लाखभन्दा बढी आम्दानी गरेकोमा रू. २ करोड ८६ लाखभन्दा बढी खर्च गरेको हो । पूँजी वृद्धि अभियानमा रहेको कम्पनीले हकप्रद र बोनस शेयर मार्फत पूँजी बढाएर रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार पुर्‍याएको छ ।  आयोजना निर्माणको लागि आवश्यक रकम जुटाउन कम्पनीले फेरि १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेको छ । कम्पनीले १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा गत असोज २५ गते निवेदन दिएको छ । पुस मसान्तसम्म कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा २१ दशमलव ८० प्रतिशत कम अर्थात् रू. २३ करोड २३ लाखमा सीमित भएको छ ।  यस वर्ष १६३ दशमलव ३९ प्रतिशत बढी अर्थात् रू. २४ करोड ८२ लाख लगानी गरेको कम्पनीको दिर्घकालिन कर्जा ११९ दमलव २९ प्रतिशत बढी अर्थात् रू. ३ अर्ब ७३ करोड ६६ लाख पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १० दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ४२ छ ।