सभापति देउवासँग महाधिवेशनबारे निर्णायक छलफल गर्दैछौँ : डा.मिनेन्द्र रिजाल

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ। पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंग्याई पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न पौडेलले आज अपराह्न सभापतिसँग भेट गर्न लागेका हुन्। वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यतासम्बन्धि बाँकी विवाद तत्काल टुंग्याई महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न सभापति देउवासँग निर्णायक छलफल गर्न लागेको नेता डा.मिनेन्द्र रिजालले बताए।

सम्बन्धित सामग्री

देउवाले गरे कांग्रेसका मन्त्रीहरुसँग छलफल

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरुसँग छलफल गरेका छन् । पार्टीबाट सरकारमा गएका नेताहरुलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर छलफल गरेका हुन् । एक मन्त्रीका अनुसार बजेटको सिलिङ र मन्त्रीहरुको काम कारबाहीबारे छलफल भएको थियो । संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र राष्ट्रियसभा सदस्य कृष्ण सिटौला समेत उपस्थित थिए । […]

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा ‘वान टु वान’ वार्तामा

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा वान टु वान वार्तामा जुटेका स्रोतले...

सभापति देउवासँग पदाधिकारीको सामूहिक छलफल

नेपाली काँग्रेसका पदाधिकारीले सभापति शेरबहादुर देउवासँग सामूहिक छलफल गरेका छन् । बुधबार प्रधानमन्त्रीको निवास बालुवाटारमा पदाधिकारीले कार्यसम्पादन समितिको बैठकअघि सभापति देउवासँग सामुहिक छलफल गरेको प्रवक्ता प्रकाशशरण महतले बताए । काँग्रेसमा सहमहामन्त्रीले सभापति देउवासँगको आन्तरिक छलफलमा पहिलो पटक सहभागी भएका थिए ।उनले भने  ‘हिजो हामीले सभापति बाहेका पदाधिकारी बसेर भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सन्दर्भमा छलफल गरेका थियौं । त्यसबारे उहाँलाई बिफ्रिङ गर्‍यौँ ।&rsqu

कांग्रेस पदाधिकारी र सभापति देउवाबीच छलफल हुँदै

नेपाली कांग्रेसका पदाधिकारी र सभापति शेरबहादुर देउवाबीच भेट हुने भएको छ । मंगलबार बसेको पदाधिकारीको अनौपचारीक बैठकको निर्णय अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठकको पूर्वसन्ध्यामा पार्टीका एजेण्डाबारे छलफल हुन लागेको हो।...

जिल्ला सभापति र पूर्वसभापतिसंगको छलफलमा शेखर

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसका अर्का नेता डा शेखर कोइरालाले विभिन्न जिल्ला सभापति र पूर्वसभापतिहरुसँग छलफल गरेका छन् । सभापतिका दाबेदारसमेत रहेका कोइरालाले काठमाडौंमा रहेका सभापति र पूर्वसभापतिहरुसँग छलफल गरेका हुन् । जिल्ला सभापतिहरुले शेखरलाई मिश्रित सुझाव दिएका छन् । छलफलको क्रममा कतिपयले पार्टी महाधिवेशनमा भावी नेतृत्वको निम्ति कोइराला परिवारको अग्रसरता हुनुपर्नेसमेत आवाज उठाएका […]

सभापति देउवाले महाधिवेशन तयारी समितिका संयोजकसँग छलफल गर्दै

काठमाडौँ, २० मङ्सिर: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल गर्दै छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज साँझ उनको उपस्थितिमा समितिका संयोजकहरुसँग महाधिवेशन तयारीका सम्बन्धमा बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए । कांग्रेसको १४ औँ […]

सभापति देउवासँग वार्ता गर्ने पौडेल समूहको निर्णय

काठमाडौँ– नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा इतर समूहले पार्टीको अधिवेशनबारे देखिएका विवादबारे सभापतिसँग छलफल गर्नुपर्ने निष्कर्ष निकालेको छ । शुक्रबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले सभापति देउवासँग छलफल गर्ने निष्कर्ष निकालेको केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले जानकारी दिए । महाधिवेशन तथा अधिवेशनका विषयमा देखिएका व्यवहारिक कठिनाइबारे सभापति […]

सभापति बन्न आन्तरिक छलफललाई तीव्र बनाउँदै देउवा

काठमाडौं।कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा आफ्नो उम्मेदवारीबारे आज पनि आन्तरिक छलफल गरिरहेका छन्।लुम्बिनी प्रदेशका नेताहरुसँग छलफल गरिरहेका उनले आजै कर्णाली र सुदुरपश्चिमका नेतासँग छलफल गर्ने नेता रामहरि खतिवडाले बताए।एक कार्यकाल नेतृत्व दिएर कांग्रेसलाई ठूलो पार्टीका रुपमा स्थापित गराउन चाहेको भन्दै देउवाले छलफल अघि बढाएका हुन्।उनले शनिबार प्रदेश–१ र २ तथा आइतबार बागमती र गण्डकीका नेताहरुसँग देउवाले छलफल गरेका थिए।

उम्मेदवार बन्न कांग्रेस सभापति देउवाको सक्रियता, अन्तिमपटक सहयोग गर्न अनुरोध

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पनि आफूनिकट नेताहरुसँग छलफल जारी राखेका छन्। फेरि पनि पार्टी सभापति बन्ने योजनासहित आज बागमती र गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरेको देउवानिकट कांग्रेस नेता रामहरी खतिवडाले बताए। बुढानीलकण्ठस्थित देउवा निवासमा भएको छलफलमा सभापति देउवाले अन्तिमपटक सहयोग गर्न सबैलाई अनुरोध गरेका थिए। बैठकमा सहभागी नेताहरुले सबैलाई समूहमा समेट्न सुझाव दिएका थिए।