अब काे हुन्छ प्रतिपक्षी दलकाे नेता ? यस्ताे छ कानुनी व्यवस्था

काठमाण्डाै – नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि अब विपक्षी दलको नेता को भन्ने प्रश्न उठेको छ । प्रचण्डले प्रधानमन्त्री पदका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गर्दा समर्थन नगरेको कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्ने र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा विपक्षी दलका नेता बन्ने अनुमान थियो । तर आज संसदमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ ।  सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को दफा २ (ङ) (१) अनुसा...