बुटवलमा दसैँ सस्तो बजार सुरु

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा दसैँ सस्तो बजार सुरु भएको छ ।  दसैँ सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले सस्तो बजारले उपभोक्तालाई  सहज हुने बताए । मन्त्री शाहीले दसैँको समयमा दैनिक उपभोग्य बस्तुको खरिदमा उपभोक्ता ठगिने गुनासो आउने स्मरण गर्दै अनुगमनलाई प्रभावकारी बनाउन समेत सरकारी संयन्त्रलाई निर्देशन दिए ।संघका अध्यक्ष उज्ज्वल कसजूले संघले आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै औद

सम्बन्धित सामग्री

बुटवलमा दसैँ सस्तो बजार

बुटवलमा सोमबारदेखि दसैँ सस्तो बजार सुरु भएको छ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा संघको सचिवालय परिसर बालमन्दिरमा दसैँ सस्तो बजार संचालन गरिएको हो।  पाँच दिनसम्म सञ्चालन गरिने दशैं सस्तो बजारको...

दसैँ बजारमा उपभोक्ताको स्वास्थ्यमा ध्यान दिन आग्रह

बुटवलमा दसैँ सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सोमबारदेखि संघको सचिवालय परिषद वालमन्दिरमा दसैँ सस्तो बजार सञ्चालन गरिएको हो । पाँच दिनसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले दसैँ सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवर्द्धन गर्नुको साथै बजारलाई गुल्जार बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ताको हितको लाग

सोमबारदेखि बुटवलमा सस्तो दसैँ बजार

बुटवलमा सोमबारदेखि सञ्चालन हुने सस्तो दसैँ बजारको तयारी पुरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघले जनाएको छ । संघले हरेक वर्ष घटस्थापनादेखि पञ्चमीसम्म पाँच दिन दसैँ सस्तो बजार सञ्चालन गर्दै आएको छ ।यो वर्ष पनि घटस्थापनादेखि १४ गते पञ्चमीसम्म दसैँ सस्तो बजार सञ्चालन गर्न लागिएको हो । दसैँ सस्तो बजार सञ्चालन गर्नको लागि सबै तयारी पुरा भएको बताउँदै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजले दैनिक उपभोग्य वस्तुहरूको सुपथ मूल्यमा विक्री वितरण गरिने जानकारी गराए । दसैँ सस्तो बजारले यस क्षेत्रका उपभोक्ताहर

बुटवलमा दसैँ सस्तो बजार सञ्चालनको तयारी

बुटवलमा दसैँ सस्तो बजार सञ्चालन हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले दशैंको घटस्थापना देखि ५ दिनसम्म दशैं सस्तो बजार सञ्चालनको तयारी गरेको  जनाएको छ ।यहि असोजको १० गते घटस्थापनादेखि १४ गते पञ्चमीसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुको सुपथ मुल्यमा विक्रि वितरण गरिने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताएका छन् । उनका अनुसार बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बालमन्दिरमा प्राङ्गणमा हुने दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुका स्टल सहित नयाँ नोट स