उद्योगका लागि पाम र पामोलिन तेल आयातको भन्सार शुल्क १० प्रतिशतमा झर्‍यो

१८ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत औद्योगिक प्रयोजनाका लागि आयात गरिने पाम र पामोलिन प्रशोधित तेलको भन्सार शुल्क १० प्रतिशतमा झारेको छ । बजेटको नयाँ नीति पछि उद्योगले कच्चा पदार्थको रुपमा पाम र पामोलिन आयात गर्दा र उद्योगले तयारी तेल आयात गर्दा समान १० प्रतिशत मात्रै भन्सार शुल्क तिरे हुन्छ । यसअघि यस्तो तयारी तेलमा […]

सम्बन्धित सामग्री

बजेटप्रति वनस्पति घ्यू-तेल उत्पादकहरू असन्तुष्ट

काठमाडौँ- नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले सरकारले आगामी आर्थिक वर्षको बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्बन गरिएको जनाएको छ । नयाँ बजेटले स्वदेशी वनस्पति घ्यू तेल उत्पादक उद्योगहरूलाई गम्भीर र दीर्घकालीन असर पार्ने संघको दाबी छ । सरकारले ल्याएको नयाँ बजेटमा केही उद्योगहरूलाई पाम र पामोलिन तेल आयात ...

बजेटप्रति वनस्पति घ्यू-तेल उत्पादकहरू असन्तुष्ट

काठमाडौँ- नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले सरकारले आगामी आर्थिक वर्षको बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्बन गरिएको जनाएको छ । नयाँ बजेटले स्वदेशी वनस्पति घ्यू तेल उत्पादक उद्योगहरूलाई गम्भीर र दीर्घकालीन असर पार्ने संघको दाबी छ । सरकारले ल्याएको नयाँ बजेटमा केही उद्योगहरूलाई पाम र पामोलिन तेल आयात ...

बजेटमा वनस्पति घ्यू तेल उत्पादक संघको असन्तुष्टि

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आगामी आर्थिक वर्षको बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्बन गरिएको जनाएको छ । नयाँ बजेटले स्वदेशी वनस्पति घ्यू तेल उत्पादक उद्योगहरूलाई गम्भीर र दिर्घकालीन असर पार्ने देखिएको संघको दाबी छ । । सरकारले ल्याएको नयाँ बजेटमा केही उद्योगहरूलाई पाम र पामोलिन तेल आयात गर्न ५ प्रतिशत भन्सार महसुल दिएको तर तर कच्चा...

बजेटले दिएको भन्सार छुटलाई लिएर २ औद्योगिक संगठनबीच झगडा, विवाद के हो ?

आगामी आर्थिक वर्षको बजेटले दिने भनेको भन्सार छुटका बारेमा नीजि क्षेत्रका २ संगठनबीच आरोपप्रत्यारोप चुलिएको छ । बजेटमा बिस्कुट उद्योगलाई ५ प्रतिशत भन्सार महशुल तिरेर पाम आयल, पामोलिन जस्ता कच्चा पदार्थ आयात गर्न दिने व्यवस्था गरिएपछि नेपाल वनस्पति घिउ तेल उत्पादक संघ र नेपाल बिस्कुट उत्पादक संघबीच आरोप प्रत्यारोप सुरु भएको हो । भन्सार महशुल घटाएर पाम आयल, पामोलिन आयात गर्न दिने व्यवस्थाप्रति वनस्पति घिउ तेल उत्पादक संघले बुधबार विरोध जनाएको थियो । शुक्रबार नेपाल बिस्कुट उत्पादक संघले वनस्पति घिउ तेल उत्पादक संघलाई काउन्टर दिँदै अर्को विज्ञप्ति जारी गरेको हो ।घिउ तेल उत्पादक संघले उपभोक्तालाई प्रत्यक्ष राहत दिन खाने तेलको महशुल दर कम गर्नुको सट्टा बिस्कुट र चाउचाउ उद्योगहरुलाई कम महशुलमा प्रशोधित पाम र पामोलिन तेल आयात गर्न दिनु गलत भएको बताएको थियो ।संघले कच्चा पदार्थ भन्दा बढी मूल्यमा तयारी बस्तु आयात गर्न दिनु सबै हिसाबले गलत भएको दाबी गरेको थियो । तर, आज नेपाल बिस्कुट उत्पादक संघले आफ्नो उद्योगलाई चाहिने कच्चा पदार्थ आयातमा सुविधा दिँदा किन टाउको दुखेको ? भन्दै प्रश्न गरेको छ ।

भन्सार महशुल नयाँ व्यवस्थाको विरोध

विराटनगर (अस) । कच्चापदार्थको भन्दा प्रशोधित वस्तुको भन्सार महशुल एक तह बढी हुनुपर्ने नियम विपरीत सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रशोधित पाम र पामोलिन तेल आयातमा भन्सार घटाएको भन्दै नेपाल वनस्पति घ्यूतेल उत्पादक संघले विरोध गरेको छ । अहिले पाम र पामोलिनको कच्चापदार्थ (क्रुड आयल) आयातमा १० प्रतिशत भन्सार लाग्दै आएको छ । तर त्यसैको तयारी वस्तुमा सरकारले ५ प्रतिशत मात्र भन्सार शुल्क तोकेकोमा संघले विरोध गरेको हो । बजेट स्वदेशी उद्योगको हितमा नआएको संघको टिप्पणी छ । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै संघले आगामी आर्थिक वर्षको बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्बन गरिएकाले स्वदेशी घ्यूतेल उद्योग संकटमा धकेलिएको उल्लेख गरेको छ । बजेटमार्फत चाउचाउ, बिस्कुटजस्ता विशेष उद्योगलाई प्रशोधित पाम र पामोलिन तेल आयात गर्न ५ प्रतिशत मात्र भन्सार महशुल कायम गरिनु न्यायोचित नभएको संघको ठहर छ । प्रशोधित सबै प्रकारका तेल आयातमा यसअघि १५ प्रतिशत महशुल तोकिएको थियो । तर आगामी आर्थिक वर्षको बजेटले सीमित केही उद्योगलाई लाभ हुनेगरी महशुल घटाइएको भन्दै संघले यसबाट स्वदेशी दर्जनौं उद्योग समस्यामा पर्ने बताएको छ । सरकारले ल्याएको त्रुटिपूर्ण नीतिले २२ ओटा वनस्पति घ्यूतेल उद्योग बन्द हुने अवस्थामा पुगेको संघका केन्द्रीय सदस्य विपीन कावराले बताए । सरकारले बजेट बनाउनुअघि विज्ञसँग छलफल गर्नुपर्नेमा त्यसो नगरी हचुवाको भरमा निर्णय गरेकाले त्यसले धेरै उद्योगलाई डुबाउने उनको भनाइ छ । बजेटमा गरिएको व्यवस्थाले कच्चापदार्थभन्दा बढी मूल्यमा तयारी मालसामान आयात हुने र यसका लागि ठूलो रकम बाहिरिने संघका केन्द्रीय अध्यक्ष सन्दीपकुमार अग्रवालले बताएका छन् । स्वदेशी तेल उद्योगले तेल प्रशोधन गर्दा निस्कने फ्याटी एसिड साबुन उद्योगलाई कच्चापदार्थ हुने गरेको, तर अब स्वदेशी तेल उद्योग नै सञ्चालन हुन नसक्ने अवस्था आउँदा साबुन उद्योग समेत संकटमा पर्न सक्ने संघले बताएको छ । साथै यस्ता उद्योगले कच्चापदार्थ विदेशबाट मगाउनुपर्ने संघको भनाइ छ । नेपालबाट चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ८७ अर्ब ६० करोड रुपैयाँ बराबरको वनस्पति तेल भारत निकासी भएको संघको तथ्यांक छ । बजेटको भन्सारसम्बन्धी नीतिगत व्यवस्थाले यसमा उल्लेख्य कमी आउने संघले बताएको छ । सो व्यवस्था अविलम्ब सच्याउन संघले माग गरेको छ ।

घिउ, तेल उत्पादक संघले भन्यो : बजेटले स्वदेशी उद्योगलाई संकटतिर धकेल्छ

नेपाल वनस्पती घिउ, तेल उत्पादक संघले बजेट स्वदेशी उद्योगको हितमा नआएको भन्दै विरोध जनाएको छ । बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्बन गरिएकाले स्वदेशी उद्योग संकटोन्मुुखमा धकेलिएको संघको ठहर छ । बजेटले चाउचाउ, बिस्कुटजस्ता विशेष उद्योगलाई प्रशोधित पाम र पामोलिन तेल आयात गर्न ५ प्रतिशत मात्रै भन्सार महसुल कायम गरेको भन्दै संघले विरोध जनाएको हो ।