मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पूर्वी क्षेत्रमा सडक स्तरोन्नतिको कामले गति लिएको छ। धुलियाबिट–भेडाबारी सडकखण्डमा स्तरोन्नतिको काम धमाधम भइरहेको छ। राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार सडक निर्माणको काम भइरहेको हो। सडक कालोपत्रेको काम धमाधम अघि बढाइएको छ । ३५ किलोमिटरमध्ये पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ। तीन किलोमिटर सडक कालोपत्रे गर्नका लागि काम सुरु गरिएको छ। बाँकी बोटेचौरदेखि चिङ्गाडसम्मको करिब २५ किलोमिटर सडकखण्डको स्ट्रक्चरको काम ९० प्रतिशत सकिएको छ।