जनमत पार्टीको दोस्रो महाधिवेशन : उपाध्यक्षमा १४, महासचिवमा ३ र सचिवमा १० जनाको उम्मेदवारी

काठमाडौँ । जनमत पार्टीको दोस्रो महाधिवेशनमा अध्यक्ष पदका लागि डा. सिके राउतको मात्रै उम्मेदवारी परेको छ । पार्टी निर्वाचन समितिले महाधिवेशनका लागि अध्यक्षसहित विभिन्न पदमा परेको उम्मेदवारीको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । जसअनुसार अध्यक्षमा राउतसहित विभिन्न पदमा कुल १०३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको […]