काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सिटीलाई जिताउन खेलको ७०औँ मिनेटमा केभिन डे ब्रुएनाले निर्णायक गोल गरे । जितसँगै सिटीले १३ अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको सिटीको ५६ अङ्क भएको छ भने दोस्रो स्थानमा रहेको चेल्सीको ४३ छ ।
यस्तै, गएरातिकै अन्य खेलमा वुल्भ्स् र नर्विच सिटी विजयी भएका छन् भने म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग बराबरीमा ...